शुक्रबार, बैशाख १४, २०८१

राजसंस्था पूनस्र्थापना माग गर्दै मोर्चाको राजधानीमा लाठी जुलुस

काठमाडौं चैत २६ , राप्रपा नेपाल समानान्तरको नेतृत्वमा सक्रिय रहेको जनसंघर्ष मोर्चामा २७ दल तथा संघ संस्थाको आवद्धतामा 0 02संवैधानिक राजतन्त्र, हिन्दु राष्ट्र र अखण्ड नेपालको मूल नारा सहित राष्ट्रिय जनसंघर्ष मोर्चाले आज राजधानीमा लाठी जुलुसको आयाजना गरेको छ । जुलुसले राष्ट्रिय झण्डा तथा ॐ को ध्वजा समेत बोकेर नारा लगाउदै नगर परिक्रमा गरेको थियो भने रत्नपार्कको शान्ति बाटिकाबाट जुलुस सुरु भइ, भद्रकाली, न्यूरोड, असन हुँदै भोटाहिटी पुगी कार्यक्रम समापन गरिएको थियो ।

राजसंस्था पूनस्र्थापना गर, हिन्दु अधिराज्य कायम गर, जनभावना विपरीतको संविधान २०७२ खारेज गर भन्ने नारा लगाउदै अघि बढेको प्रदर्शनको क्रममा प्रहरीको हस्तक्षेपका वावजुद पनि जनसंघर्ष मोर्चाले पूर्व निर्धारित कार्यक्रम सम्पन्न गरेको जारी विज्ञप्तिमा उल्लेख गरेको छ ।
जनसंघर्ष मोर्चाको संयोजक श्याम तिमल्सिनाले बहुसंख्यक नेपाली जनताको सुझाव लत्याएर बन्द कोठाबाट केही दलका केही नेताले नेपाल र नेपालीमाथि संविधान लादेकै कारण देश अहिले नयाँ चरणको द्वन्द्वमा फस्ने खतरा देखिएको भन्ने मोर्चाको ठहर छ । त्यसैकारण राष्ट्र निर्माणको गतिलाई सही मार्गमा फर्काउन विरोध स्वरुप जनसंघर्ष मोर्चाले शक्ति प्रदर्शन गरेको बताउँनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।