बिहिबार, बैशाख ६, २०८१

कामपाका तत्कालीन भ्रष्ट कार्यकारी प्रमुख तण्डुकार सहित छ जनाविरुद्ध मुद्दा दायर

images
(काठमाडौँ महानगरपालिकाका तत्कालीन कार्यकारी प्रमुख तथा हाल सार्वजनिक खरिद तथा अनुगमन कार्यालयका सहचिव पूर्णभक्त तण्डुकार)

काठमाडौँ चैत २६, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिकाका तत्कालीन कार्यकारी प्रमुख तथा हाल सार्वजनिक खरिद तथा अनुगमन कार्यालयका सहचिव पूर्णभक्त तण्डुकार सहित छ जनाविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको
छ ।  आयोगले तत्कालीन कार्यकारी प्रमुख तण्डुकार सहितले गत बैशाख १२ र २९ को महाभूकम्पको समयमा परेको मानवीय सङ्कटको मौका छोप्दै बढी मूल्य लिई त्रिपाल बिक्री वितरण गरेको उजुरीमाथि छानबिन गर्दा निजहरुले भूकम्पपीडितका लागि खरिद गरिएको त्रिपालमा भ्रष्टाचार गरेको ठहर सहित गर्दै मुद्दा दायर गरेको जनाएको छ ।

त्यस्तै आयोगले आज मुद्धा दायर गरेकाहरुमा तत्कालीन विभागीय प्रमुख शान्तराज पोखरेल, वित्त विभाग प्रमुख बुद्धरत्न मानन्धर, प्रशासन महाशाखा प्रमुख अखतबहादुर साउद, क्षितिज इन्टरप्राइजेजका सञ्चालक नन्दराज पोखरेल तथा न्यु चौधरी ट्रेडर्सका सञ्चालक सुन्दरलाल चौधरीविरुद्ध मुद्दा दायर गरेको जनाउँदै तत्कालीन कार्यकारी प्रमुख तण्डुकार, विभागीय प्रमुख पोखरेल, वित्त विभाग प्रमुख मानन्धर र प्रशासन महाशाखा प्रमुख साउदसँग जनही रु २४ लाख १० हजार २१४ बिगो दाबी गरिएको छ । साथै त्रिपालको ठेकेदार क्षितिज ट्रेड इन्टरप्राइजेजका 12919738_624518041030849_7512649693969349429_nसञ्चालक पोखरेलसँग रु दुई लाख ९१ हजार ३२३ र न्यु चौधरी ट्रेडर्सका सञ्चालक सुन्दरलाल चौधरीसँग रु २१ लाख १८ हजार ८९० बिगो दाबी गरिएको आयोगले जनाएको छ ।