बिहिबार, बैशाख १३, २०८१

पीडितलाइ सहयोग भएन भने आयोग सफल हुदैन: अध्यक्ष गुरुङग

काठमाडौं चैत २५, सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष सुर्यकिरण गुरुङले पीडितको विश्वास र सहयोग भएन भने आयोग सफल हुन नसक्ने बताएका छन । स्थानीय शान्ति समितिका कर्मचारीको लागि आयोजित तालिमको आज राष्टिय प्रशिक्षण प्रतिष्ठान IMG_5526ललितपुरमा उद्घाटन गर्दै उक्त कुरा बताएका हुन ।  त्यस्तै अध्यक्ष गुरुङले द्धन्द्धका घटना छानविनको कार्य सुरु गरेको र स्थानीय शान्ति समितिको कार्यालयमा उजुरी लिनको लागी कार्यालय तोकेको कारण स्थानीय शान्ति समितिका कर्मचारीलाई पीडित मैत्री भएर पीडितको उजुरी संकलन गर्न आग्रह गर्दै आयोग सफल भएन भने देश फेरी अर्काे द्धन्द्धमा फस्न सक्ने चिन्ता व्यक्त गर्नु भइको थियो ।

कार्यक्रममा द्धन्द्धपीडित राष्टिय समाजका अध्यक्ष कुल बहादुर गुरुङले माओवादीद्धारा आफ्नो जग्गा अझै सम्म फिर्ता नभएकोमा गुनासो व्यक्त गर्नु भयो । गुरुङले सत्य आयोगले मेरो लगायत अन्य पीडित परिवारको कुरालाई निष्पक्ष रुपमा छानविन गरि सत्य तथ्य बाहिर ल्याउन आग्रह गर्नु भयो । कार्यक्रममा काग्रेस नेता समेत रहेका गुरुङले आयोगको कार्यक्रममा सम्बोधन गर्दै जग्गा कब्जा सम्बन्धि कुरा राखेपछि जग्गा कब्जा ठूलो की व्यक्तिको हत्या हुनु ठूलो हो भनि पीडित परिवारले प्रतिप्रश्न गरेका थिए ।
द्धन्द्धको क्रममा घटेका जघन्य मानवअधिकार उल्लघनका घटनाको सत्य तथ्य पत्ता लगाउन गठित आयोगले पीडितको उजुरी संकलनको लागि कर्मचारीको सीप सिकाउन तालिमको आयोजना गरिएको आयोगका सदस्य श्रीकृष्ण सुवेदीले जानकारी दिनु भयो ।
सदस्य सुवेदीका अनुसार तालिममा पीडितको उजुरी संकलनको व्यवस्था र कानुन, उजुरी फारम भर्ने तरिका पीडितको वयानको गोपनियता र छानविनमा अपनाउनु पर्ने गोपनियताको बारेमा प्रशिक्षण दिईने छ । विस्तृत शान्ति सम्झौता अनुसार आठ बर्ष पछि गठन भएको आयोगले यहि बैशाख २ गते देखि ज्येष्ठ मसान्त सम्म जिल्ला स्थित स्थानीय शान्ति समितिको कार्यालयमा उजुरी आव्हान गरेको छ ।

तुलसी प्रसाद कोईराला