शुक्रबार, बैशाख १४, २०८१

बारको मतगणना जारी, लोकतान्त्रिक प्यानलको अग्रता कायमै

  काठमाडौ चैत २४ , नेपाल बार एशोसिएसनको नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । मतगणनाको प्राप्त पछिल्लो परिणाम अनुसार लोकतान्त्रिक समूहका अध्यक्ष पदका उम्मेदवार शेरबहादुर केसीको अग्रता कायमै रहेको छ । गणना भएको नेपाल-बार-एसोसिएसन-300x219१ हजार ९०५ मतमा केसीले ९९७ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी विजयकान्त मैनालीले ८५० मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै महासचिवमा खम्बबहादुर खातीले ९२५ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिद्वन्द्वी दीनमणि पोखरेलले ८४८ मत प्राप्त गर्नुभएको छ । कोषाध्यक्षमा ज्ञानरत्न शाक्यले ९२९ मत र उहाँका प्रतिस्पर्धी हरिबहादुर खड्काले ८१९ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ ।    कुल मतदाता ९ हजार ५२२ मध्ये ७ हजार ८४५ मत खसेको निर्वाचन समितिले जनाएको छ । जसमा काठमाडौं मतदान केन्द्रमा ५ हजार ८ सय ६२ मतमध्ये ४ हजार ५ सय ९२ मत खसेको थियो ।