शुक्रबार, चैत्र १६, २०८०

आज राजधानीमा घोडेजात्रा पर्व मनाइँदै

काठमाडौँ चैत २५ ,  प्रत्येक वर्ष जस्तै चैत्र कृष्ण औंशीका अवसरमा आज राजधानीमा घोडेजात्रा पर्व मनाइँदैछ ।प्राचीन कालमा काठमाडौँको टुँडिखेलमा रहेको एउटा रुखमा बास गर्ने गुरुमापा नामको राक्षसले सहरका बालबालिकालाई खाने गरेछ । आफ्ना बालबच्चा खानेगरे पछि पीडित सहरवासीले विभिन्न उपायले ज्ञण्ज्ञ ९ज्ञ०त्यसलाई मारेछन् तर मारे पनि उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट images-11गर्नसक्ने डरले प्रत्येक वर्ष घोडेजात्रा गरी त्यस राक्षसको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो ।

घोडेजात्राका अवसरमा सरकारले काठमाडौँ उपत्यकामा प्रत्येक वर्ष सार्वजनिक बिदा दिँदै आएको छ । जात्राकै अवसरमा नेपाली सेनाले काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा प्रत्येक वर्ष घोडाजात्राको विशेष कार्यक्रम आयोजना गर्दै आएकामा यस वर्ष पनि उक्त कार्यक्रम गर्ने तयारी गरेको छ । राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मन्त्रीगण, संवैधानिक अंगका प्रमुख, सुरक्षा निकायका प्रमुख तथा उच्च सरकारी अधिकारीहरुको सहभागिता रहने सो कार्यक्रममा घोडेजात्राका विभिन्न दृश्यहरु देखाइन्छ ।

जात्राको अवसरमा काठमाडौँका नेवार समुदायले घरघरमा आफन्तजन बोलाएर उत्सव मनाउने परम्परा समेत रही आएको छ । चैत्र कृष्ण औँशीका दिनमा टुँडिखेलका साथै पाटन बालकुमारीमा पनि एक्लो घोडा दौडाएर घोडे जात्रा मनाइने प्रचलन रहेको संस्कृतिविद् हरिराम जोशीले बताउनु भयो । उहाँका अनुसार नेपालमा कहिलेदेखि घोडेजात्रा मनाउन थालिएको भन्ने तथ्यगत प्रमाण नभए पनि टुँडिखेलमा मनाइने घोडेजात्राको क्रम १५औं वा १६औ शताव्दीदेखि मनाउन थालिएको जनविस्वास रहेको छ ।