मङ्लबार, बैशाख ११, २०८१

वेपत्ता आयोगले काम थाल्यो

काठमाडौं चैत्र २४, शसस्त्र द्वन्द्वको क्रममा वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले वेपत्ताको स्थिति पहिचान गर्ने कार्यको सुरुवात गरेको छ । आयोगले पीडितको उजुरी संकलन सीप सम्बन्धि स्थानीय शान्ति समिति अन्तर्गतका कर्मचारीलाई तालिम संचालन गरको हो । राष्टिय प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा आज  सुरु भएको तालिममा स्थानीय शान्ति समितिका कार्यालय सचिव र नायव सुब्बालाई उजुरी संकलनको सिप सिकाईने आयोगका प्रवक्ता प्रा डा. विष्णु पाठकले जानकारी दिनु भयो ।
प्रवक्ता पाठकका अनुसार तालिममा पीडितको उजुरी संकलनको व्यवस्था र कानुन, उजुरी फारम भर्ने तरिका पीडितको वयानको गोपनियता र छानविनमा अपनाउनु पर्ने गोपनियताको बारेमा प्रशिक्षण दिईने छ ।

विस्तृत शान्ति सम्झौता अनुसार आठ बर्ष पछि गठन भएको आयोगले यहि बैशाख २ गते देखि जेठ मसान्त सम्म उजुरी आव्हान गरेको छ । तालिमको उद्घाटन गर्दै आयोगका अध्यक्ष लोकेन्द्र मल्लिक अरु आयोग जस्तो यो आयोग नभएर आयोग आफैमा स्वतन्त्र रहेकोले कसैको प्रभावमा परेर अनुसन्धान नगर्ने बताउनु भयो । अध्यक्ष मल्लिकले आयोगले संक्रमणकालीन न्यायको सिद्धान्तलाई मनन गरि गम्भिर मानवअधिकार उल्लघनमा संलग्न व्यक्तिलाई कार्वाही गर्न सिफारिस गर्ने बताउनु भयो । शसस्त्र द्वन्द्वको क्रममा वेपत्ता छानविनको क्रममा स्थानीय शान्ति समितिमा उजुरी हाल्न सक्ने भएकाले समितिका कर्मचारीको सीप बढाउनु तालिमको आयोजना गरिएको आयोगका शाखा अधिकृत गोविन्द हुमागाईले बताए                                             ।-तुलसी प्रसाद कोईराला