शनिबार, बैशाख १५, २०८१

प्रम केपी ओलीद्दारा देशवासीका नाममा सम्बोधन: जनताको दुःख निवारण नभएकोमा पिडा बोध भएको छ: प्रम ओली

 काठमाडौं चैत ३०, नयाँ वर्ष २०७३ को अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ देशवासीका नाममा सम्बोधन गर्दै मुलुकमा ठूल-ठूला राजनीतिक परिवर्तन भएपनि जनताको दुःख निवारण नभएकोमा आफुले पिडा बोध गरेको बताउनु भएको छ । त्यस्तै उहाँले Pm-Kp-Sharma-oli (1)सम्बोधनको क्रममा मुलुकमा ७५ वर्षपछि सैविधानससभाबाट संविधान घोषणा भएको बताउँदै अधिकार प्राप्तिको आन्दोलन आधारभूतरूपले टुङ्गिएको जनाउ दिदै अवको समय भनेको राष्ट्रको हित र जनताको समृद्धिको भएको र यसको  लागि सबै राजनीतिक दलका मित्रहरूलाई यतातर्फ केन्द्रित हुन आग्रह गर्दछु भन्दै नयाँ राजनीतिक संस्कृतिको विकास गर्न ध्यानाकर्षण गराउनुभएको छ । साथै उहाँले भन्नुभयो राष्ट्रको समृद्धि र जनताको श्रीवृद्धि भने स्थायी र साझा विषय हुन् ।

परिस्थिति फेरिन्छ । सन्दर्भहरु फेरिन्छन् । राजनीतिक नेतृत्वले तदनुरुप नै आफूलाई परिमार्जन गरी अद्यावधिक हुन र समयानुकूल नेतृत्व दिन सक्षम हुनुपर्नेमा जोड दिदै संविधानको कार्यान्वयनका लागि पनि बृहत्तर राष्ट्रिय समझदारी आवश्यक भएको तथा वर्तमान सरकारका तर्फबाट आफू त्यसप्रति पूर्ण प्रतिबद्ध रहेको स्पष्ट गर्दै सहमतिका लागि सकारात्मक योगदान गर्न सबैलाई आह्वान गर्नुभएको छ ।

प्रम केपी ओलीले गर्नुभएको सम्बोधनको पूर्णपाठ यस्तो छ ।