बुधबार, बैशाख १२, २०८१

यस्तो छ नव वर्ष २०७३ सुभारम्भको अवसरमा राष्ट्रपति भण्डारी र उपराष्ट्रपति पुनले जारी गर्नु भएको शुभकामना सन्देस

लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी हुनु २०७२ सालको सर्वोच्च उपलब्धि

काठमाडौ बैशाख १, नव वर्ष २०७३ को सुख्द अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना सन्देस जारी गर्दै स्वदेश तथा विदेशमा bidhya-रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरूमा नयाँ उत्साह र उमङ्गसहित सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, सद्भाव, एकता, उत्तरोत्तर प्रगति एवम् समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।   शुभकामना सन्देशमा उहाले बितेको वर्ष २०७२मा एकातर्फ विनाशकारी भूकम्प र त्यसपछिको अत्यावश्यक वस्तुको आपूर्तिमा देखिएको अवरोध सामना गर्नुपर्दा २०७२ सालमा सम्पूर्ण नेपालीले ठूलो पीडा र सास्ती भोग्न बाध्य हुनु परेपनि अर्कोतर्फ लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी हुनु २०७२ सालको सर्वोच्च उपलब्धि भएको उल्लेख गर्नु भएको छ ।

त्यस्तै सन्देशमा राष्ट्रपति भण्डारीले राजनीतिक अभियानबाट हासिल ऐतिहासिक एवम् युगान्तकारी उपलब्धिसँगै नयाँ संविधानको कार्यान्वयनबाट मुलुकलाई सङ्घीय संरचनामा रुपान्तरण गर्दै सहमतिसहित राजनीतिक स्थिरता, नयाँ संविधानको कार्यान्वयन संवाद र सहमतिबाट आर्थिक समृद्धितर्फको यात्रा अगाडि बढाउने जिम्मेवारी अहिले सबै नेपालीको काँधमा आएको पनि उल्लेख गर्नुभएको छ । त्यस्तै सन्देसमा राष्ट्रपति भण्डारीले विनाशकारी भूकम्पले पारेको प्रभावलाई न्युनीकरण गर्न राष्ट्रिय अभियानका रुपमा चलाइने पुनःनिर्माण र नवनिर्माणलाई प्रथमिकता दिई पीडित जनताको जीवनलाई सामान्यीकरण गर्न तथा देशले भोग्नुपरेका अन्य समस्याको समाधानका लागि सरकार, राजनीतिक दल, सङ्घसंस्था एवम् निजी क्षेत्र हातेमालो गरेर अघि बढ्नुपर्ने पनि सन्देशमा उल्लेख गर्नुभएको छ ।

यसैवीच उपराष्ट्रपति नन्दबहादुर पुनले नयाँ वर्ष २०७३ को अवसरमा राष्ट्रको निरन्तर समुन्नती, समृद्धिका लागि स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरूमा नयाँ उत्साह र उमङ्गसहित सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, सद्भाव, एकता, उत्तरोत्तर प्रगति एवम् समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।  त्यस्तै उपराष्ट्रपति पुनले २०७३ सालमा नयाँ संविधानको कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माण र आर्थिक समाजिक रुपान्तरणसहितको समृद्धि, लोकतान्त्रिक गणतन्त्र संस्थागत र समानुपातिक समावेशी व्यवस्थाको व्यवहारिक कार्यान्वयन हुने विश्वास पनि व्यक्त गर्नुभएको छ ।