शुक्रबार, बैशाख १४, २०८१

दुखेको जिन्दगी….

3540318247_logo

जिन्दगी मलाई बिझेको हो
या मैले जिन्दगी दुखाएको हु
म दुखेको छु चहराउने घाउ बनी
नीको नहुने काल पर्खाई रोग बनी
जिन्दगी मलाई बिझेको हो

हाँसेर दुनिया सामु म जियकै छु
रोपेर मुटुमा छुरा म चलेकै छु
दुनिया मलाई पोलेको हो
या मैले दुनिया जलाएको हु“
म जलेको छु फैलिने डढेलो बनी
निभि नजाने आगोको रन्को बनी
जिन्दगी मलाई बिझेको हो

झारेर रगतको आँशु मैले पिएकै छु
रोकेर मुटुको भक्कानो म चुपचाप छु
आँशुमा जीवन बगेकोे हो
या जिन्दगीमा आँशु घुलेको हो
म बगेको छु धमीलो खोला बनी
मुटुमा पुग्दा पिडाको मेघ गर्जीने गरी
जिन्दगी मलाई बिझेको हो

– गौतम डंगोल “सन्देश