सम्हालिन तिम्रा साना हातहरु
म वृक्ष बनि तिम्रा सामु उभिरहन्छु
डोहोर्याउन सुनौला भविष्यका बाटाहरु
म जुन बनि सँधै चम्कीरहन्छु
सम्हलिन तिम्रा साना हातहरु
अ“धेरोमा तिमीलाई ठेस नलागोस्
तिम्रा कोमल पाईलाहरुमा ढुङ्गा नबिझोस्
म तारा बनि आकाशै झलमल्ल पारीरहन्छु
जुनकिरी बनि तिम्रो वरीपरी पिल्कीरहन्छु
हौसीन तिम्रा शक्तिका स्रोतहरु
म हावाको वेग बनि तिमीलाई धाप मारीरहन्छु
सम्हलिन तिम्रा साना हातहरु
आँशले तिम्रा परेला नरुझोस्
जीवनका सादा पानाहरुमा दाग नलागोस्
म खुशी बनि संसारै हाँसोले गुञ्जाईरहन्छु
थरी थरी रङ्ग बनि जीवन रङ्गाइ रहन्छु
सजाउन तिम्रा निश्चलताका फुल
म मदहोस बनि तिमीलाई हर पल नियालीरहन्छु
सम्हलिन तिम्रा साना हातहरु
– गौतम डंगोल “सन्देश”