शुक्रबार, चैत्र १६, २०८०

मृगनयनी

eyes

मृगनयनी अई नक्कली नानी
मनमा छोयो तिम्रो लजाउने बानी
मृगनयनी अई नक्कली नानी

मुसुक्क हाँस्दामा गाल पर्यो गाला
पुलुक्क हेर्दामा टल्कियो बाला
छम छम नाच्ने सोरथी मारुनी
धपक्क बलेकी रुपकी रानी
दिलमा बस्यो तिम्रो मस्कीने बानी
मृग नयनी अई नक्कली नानी

रीस देखाई माया गर्ने बघिनी पारा
लुकी लुकी मन चोर्ने मोहिनी चाला
तिम्रै नाममा कोरीएको यो जोबन जवानी
तर्केर हिंडछौ किन जानी जानी
मुटुमा गढ्यो तिम्रो रीसाउने बानी
मृग नयनी अई नक्कली नानी

– गौतम डंगोल “सन्देश”