बिहिबार, चैत्र १५, २०८०

“दुनिया सारा”

दुनिया साराले साथ छोडे पनि
तिम्रो आफ्नै छायाँ तिमी बाट ओझेल भएपनि
म हुनेछु सदा तिमै्र साथ माया
म हुनेछु सदा तिम्रै साथ माया

चाहे कसैले माया गरोस नगरोस तिमीलाई
मेरो माया जति सबै तिमीलाई
तिम्रा अन्जान हेराई कसैले बुझोस नबुझोस
मेरा आँखाहरु तिमीलाई सजाउन सँधैलाई
दुनिया साराले साथ छोडे पनि

चाहे जसले जे भनोस तिमीलाई
तिमी मेरो ढुकढुकी जुनी जुनी लाई
तिम्रा अबोध बोली कसैले सुनोस नसुनोस
मेरा गीतहरु तिमीलाई गाउन सँधैलाई
दुनिया साराले साथ छोडे पनि

– गौतम डंगोल “सन्देश”