शनिबार, बैशाख १५, २०८१

आजको संवैधानिक परिषद् बैठक पनि निष्कर्षविहीन

काठमाडौ चैत २८, उमेर हदका कारण प्रधानन्यायाधीश कल्याण श्रेष्ठले आगामी वैशाख १ गतेदेखि अवकाश पाउँदै गरेको र उहाँको स्थानमा images (1)वरिष्ठतम न्यायाधीशको हैसियतमा सुशीला कार्कीको नाम सिफारिस गर्न प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको संवैधानिक परिषद्को बैठक पनि बिनानिष्कर्ष टुङ्गिएको छ ।

आजको बैठकमा सभामुख ओनसरी घर्ती बिरामी भएर अस्पतालमा भर्ना हुनु भएका र उहाँ बैठकमा अनुपस्थित भएपछि बैठक बिनानिष्कर्ष टुङ्गिएको हो । यस अघिको बैठकमा पनि प्रमुख प्रतिपक्षीदलका नेता शेरबहादुर देउवा अनुपस्थित भएपछि बैठक बिनानिष्कर्ष टुङ्गिएको थियो । त्यस्तै अर्काे बैठक आजै साँझ ५ः३० बजे बस्ने जनाइएको छ