बुधबार, बैशाख १२, २०८१

ओली सरकारको आयु उसको कामरवाहीमा निर्भर : काँग्रेस केन्द्रीय सदस्य सिंह

काठमाडौँ चैत्र २७,  नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले थर्ड आई युथ क्लबले आज बुद्धनगरमा आयोजना गरेको सरसफाई 12924552_10154083537552329_336151848377813027_n 12928199_10154083538042329_4392556951873914656_nकार्यक्रम एवम क्लवको वार्षिकउत्सव कार्यक्रमलाइ सम्बोधन गर्दै वर्तमान सरकारको कामकारबाहीले नै उसको आयुको टुङ्गो लाग्ने बताउनुभएको छ ।  त्यस्तै उहाँले ‘सरकार सधै भाषणवाजीमा रमाउँदै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई प्रभावकारी बनाउने तर्फ सरकारले कुनै पहल नगरेको बताउँदै तत्काल सरकारलाई आग्रह यतातर्फ ध्यान दिन आग्रह गर्नुभएको उहाँका सहयोगी युपी लामिछानेले जनाकारी दिनु भएको छ ।
त्यस्तै कार्यक्रममा सांसद मोहन कुमार राईले आफ्नो टोल सफा राख्न स्थानीय जनता आफैँ जुट्नुपर्नेमा जोड दिनुभएको थियो भने क्लबका अध्यक्ष सुवास राईले टोलको सरसफाई गरी समाजमा सकारात्मक सन्देश प्रवाह गर्न यस किसिमको कार्यक्रम आयोजना गरिएको जानकारी दिनु भएको छ ।