मङ्लबार, बैशाख ११, २०८१

मुलुकमा हिन्दूअधिराज्यको पुर्नथापनाको लागि संकटमोचन यज्ञ गरिदै

काठमाडौ चैत २८, मुलुकमा गणतन्त्रको स्थापनासंगै दलीय स्र्वाथ सहित मुलुककमा प्रमुखदलका नेताहरुले सनातनकालदेखि विश्वमानचित्रमा हिन्दू राज्यको पहिचानमा प्रतिस्थापित हुँदै नेपालको मौलिक पहिचानमाथि प्रहार गर्दै मुलुक धर्मनिरपेक्ष भएको घोषणा anup_20160408_9गरेपछि सुरु भएको धार्मिक आन्दोलन यतिखेर चरमचुलीमा रहेको छ ।

anup_20160408_11 anup_20160408_10 anup_20160408_8 anup_20160408_7 anup_20160408_6 anup_20160408_4 anup_20160408_3 anup_20160408_2सवीचमा सरोकारवाला एवम् सम्बद्ध संस्था र समूहले पटकपटक महाभूकम्पको परकम्पन जस्तै धक्का दिंदा चेतना नखुलेका मुलुकका मसियाहरुले धार्मिक आन्दोलनको बलबाट बैशाख १२ र २९ कै महाभूकम्प पर्खेको भन्नेमा कुनैसन्देह छैन । यद्यपी अहिले जसरी भुसको आगो जस्तो गरि जसरी मुलुकमा हिन्दूराज्यको माग भइरहेको रहेको छ यदि त्यो मागको समयमा नै सम्बोधन भएन भने ठूनै दुर्घटनाको संभावनालाइ नर्कान सकिन्न ।
यसै क्रममा हिन्दू धर्मावलम्बी नेपालीहरुले मनाउने दशैं मध्ये दोश्रो दशै अर्थात् चैत्रे दशैंको अन्र्तगतको नवरात्री र आसन्न श्रीरामनवीको पावन अवसरमा राजधानीको विशाल नगरस्थित शिवानन्द साधना केन्द्रमा हिन्दू अधिराज्यको पुर्नथापनाको माग तथा नेपाल जननी र मानवकल्याणको कामना गर्दै शान्तिको कामना गर्दै संकटमोचन यज्ञको आयोजना गरिएको छ ।

गत चैत २६ गतेबाट सु���ु भएको उक्त कार्यक्रमको मुलत उद्देश्य भनेको मुलुकमा हिन्दूअधिराज्यको पुर्नस्थापनाको अलावा यसवीचमा सिर्जित यावत प्राकृतिक विपत्तीको निवारण गनर्र रहेको जानकारी दिदै कार्यक्रम संयोजक एवम वृहत राजसंस्थावादी समूहका अध्यक्ष समेत रहेको कीशोरी महतोले जानकारी दिनु भएको छ ।
साथै उहाँले कार्यक्रमअवधी भर श्रीराम हनुमान आराधनामण्डको तर्फबाट रामायण जप , सुन्दरकाण्ड पाठ र उपत्यकास्थित शक्तिपिठहरु क्रमस गुुहेश्वरी, नक्साल भगवती , स्वेतकाली संकटा भद्रकाली लगायतका महत्वपूर्ण पिठमा झाँकी सहितको परिक्रमा गराइने बताउँदै कार्यक्रमलाइ आन्दोलनको प्रारुपमा अगि बढाइने बताउँनु भएको छ । प्रस्तुत धार्मिक अनुष्ठानको आयोजक भने भेषराज्यलक्ष्मी सिहं रहनु भएको छ ।