शुक्रबार, बैशाख १४, २०८१

३ सय ७५ उम्मेदवार मध्ये ६३ जनाको उम्मेदवारी फिर्ता,३सय १२ जना उम्मेदवार चुनावी मैदानमा

काठमाडौ फागुन २२, नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिले १३औँ महाधिवेशनका लागि दिएको उम्मेदवारी फिर्ता लिन लागि आज निर्धारण गरिएको समयसिमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका ६३ जना उम्मेदवारले आआफ्नो उम्मेदवारी फिर्ता गरेको जनाएको छ ।
nc-mahadhibeshan-harekpalप्रस्तुत उम्मेदवारी फिर्तासंगै निर्वाचन समितिले पदाधिकारीसहित ३१२ जना उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । समितिले प्रकाशन गरेको नामावलीअनुसार सभापति, महामन्त्री र कोषाध्यक्ष पदका १० जना उम्मेदवारमध्ये कसैले पनि नाम फिर्ता नलिएको जनाइएको छ । सभापतिमा कार्यबाहक सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा र महामन्त्री कृष्णप्रसाद सिटौलाको उम्मेदवारी त्यस्तैगरि महामन्त्रीमा डा शशाङ्क कोइराला, अर्जुननरसिंह केसी र गगनकुमार थापाले उम्मेदवारी दिनुभएको छ । कोषाध्यक्षमा वर्तमान कोषाध्यक्ष चित्रलेखा यादव, सीतादेवी यादव, उमाकान्त चौधरी र कृष्ण काकीको उम्मेदवारी कायम रहेको जनाएको छ ।

त्यस्तैगरि खुला केन्द्रीय सदस्यमा २५ पदका लागि ९० जनाको उम्मेदवारी परेको छ । आरक्षणतर्फ छजना महिला केन्द्रीय सदस्य पदका लागि ३८, प्रदेश नं १ मा दुई केन्द्रीय सदस्य पदका लागि १३, प्रदेश नं २ मा दुई पदका लागि पाँच, प्रदेश नं ३ मा दुई पदका लागि १८, प्रदेश नं ४ मा दुई पदका लागि नौ, प्रदेश नं ५ मा दुई पदका लागि १०, प्रदेश नं ६ मा दुई पदका लागि पाँच र प्रदेश नं ७ मा दुई पदका लागि सातजनाकै उम्मेदवारी कायम रहेको छ भने आरक्षणमा आदिवासी जनजातितर्फ तीन केन्द्रीय सदस्य पदका लागि ४०, आदिवासी जनजाति महिलातर्फ दुई पदका लागि १२, दलित तीन पदका लागि २०, दलित महिलातर्फ दुई पदका लागि पाँच, मधेसी आरक्षणतर्फ तीन पदका लागि १५ र मधेसी महिला दुुई पदका लागि नौ र मुस्लिम आरक्षणतर्फ एक पदका लागि छजनाको उम्मेदवारी कायम भएको छ ।