शुक्रबार, बैशाख १४, २०८१

काँग्रेसको नयाँ नेतृत्वका लागि ८ बजेबाट मतदान हुँदै, आफु नेतृत्वको प्यानलले जित्ने नेतात्रयको दावी

३ वटै प्रस्ताव पारित

काठमाडौं फागुन २३, नेपाली काँग्रेसको १३आँै महाधिवेशनबाट आगामी पाँच वर्षेको लागि नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । मतदानबाट सभापति, महामन्त्री र कोषाध्यक्ष र ६१ केन्द्रीय सदस्य चयन गरिने र यसको लागि अहिले बिहान ८ देखि अपराह्न ४ बजेसम्म राष्ट्रिय सभागृहमा मतदान सुरु हुन लागेको छ ।  सभापति पलका लागि पार्टीका कार्यवाहक सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता 1शेरबहादुर देउवा र महामन्त्री कृष्णप्रसाद सिटौलाले उम्मेदवारी दिनुभएको छ । निर्वाचनमा पार्टी नेताहरुहरु आफु नेतृत्वको प्यानलले विजय हासिल गर्ने दावी गरिएको छ।
नेपाली काँग्रेसको विधानअनुसार सभापति पदमा निर्वाचित हुन कम्तीमा ५१ प्रतिशत मत प्राप्त गर्नुपर्ने व्यवस्था रहेको छ । यदि आजको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेमा पुनः निर्वाचन गर्ने व्यवस्थासमेत निर्वाचन समितिले मिलाएको छ । त्यसैगरी महामन्त्रीमा नेतात्रय अर्जुननरसिंह केसी, डा शशांक कोइराला र गगन थापा उम्मेदवार हुनुहुन्छ । कोषाध्यक्ष पदमा सीतादेवी यादव, चित्रलेखा यादव र उमाकन्त चौधरी प्रतिस्पर्धामा हुनुहुन्छ । महाधिवेशनले समानुपातिक, समावेशी प्रतिनिधित्वसहितका आधारमा ६१ जना केन्द्रीय सदस्य निर्वाचित गर्नेछ । देशभरका २४० निर्वाचन क्षेत्रबाट दुई हजार ८८०, विदेशस्थित १७ जनसम्पर्क समितिबाट १२६ जना, १७ भ्रातृ एवम् शुभेच्छुक संस्थाबाट ९८ जना र वर्तमान केन्द्रीय कार्यसमितिका ८४ जना सदस्य गरी तीन हजार १ सय ८८ महाधिवेशन प्रतिनिधिले मतदानमा भाग लिदैछन 

यसअघि नेपाली काँग्रेसको १३औँ महाधिवेशन अन्तर्गत शनिवार  सम्पन्न बन्दसत्रबाट आवश्यक छलफल पछि बन्दसत्रमा प्रस्तुत ३ वटै प्रस्ताव परिमार्जनसहित पारित गर्दै गरिएको थियो । बन्दसत्रमा कार्यवाहक सभापति रामचन्द्र पौडेलका तर्फबाट नीति तथा कार्यक्रम, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाका तर्फबाट साङ्गठनिक प्रतिवेदन तथा कोषाध्यक्ष चित्रलेखा यादवका तर्फबाट आर्थिक प्रतिवेदन पेस गरिएको थियो । त्यस्तै बन्दसत्रको पहिलो दिन विधानमा रहेको अञ्चलबाट प्रतिनिधित्व हुने केन्द्रीय सदस्यको प्रावधानलाई बाधा अड्काउ फुकाउ व्यवस्थाअनुसार संशोधन गरिएको थियो । त्यस्तै महाधिवेशन प्रतिनिधिको सुझावअनुसार पार्टीको नयाँ चयन हुने नेतृत्वले यथाशीघ्र महासमितिको राष्ट्रिय भेलामार्फत पार्टीको विधान संशोधन गर्ने प्रतिबद्धता जनाएको थियो ।