शुक्रबार, बैशाख १४, २०८१

विहिवार देखि साताव्यापी रुपमा जल सप्ताह मनाइँदै

काठमाडौ चैत्र ३, जल तथा ऊर्जा आयोग तथा जल तथा मौसम विज्ञान विभागले विहिवारबाट संयुक्तरुपमा ‘गर्मी, खडेरी र झरी समाना गर्न गरौँ तयारी’ भन्ने नाराका साथ जल सप्ताह मनाउने भएको छ  ।  मंगलवार आयोजित पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार images (2)विश्वव्यापीरुपमा पानीले रोजगार तथा मानिसको दैनिक जीविकोपार्जनमा पार्ने प्रभाव र यसको महत्वबारे विश्व समुदायको ध्यानाकर्षण गराउँदै सर्वसाधरणदेखि नीति निर्माणको तहसम्म जनचेतना फैलाउनु नै जलसप्ताहको प्रमुख उद्देश्य रहेको बताईएको छ ।

चैत ४ देखि १० गतेसम्म मनाउन लागिएको जल सप्ताह अन्र्तगत जलस्रोतको दिगो व्यवस्थापन तथा पानीको समग्र सदुपयोग गर्नु अतिआवश्यक भइरहेको सन्दर्भमा पानी दिवस मनाउँन लागिएको अधिकारीले जनाएको छ ।