बिहिबार, चैत्र १५, २०८०

काँग्रेसको नृतृत्वमा नै मुलुकमा विद्यमान यावत समस्याको समाधान हुने सभापति देउवाको उदघोष

काठमाडौ चैत्र ३, १३ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सभापति, पदाधिकारी एवम् सदस्यलाई बधाई तथा शुभकामना आदान प्रदानका लागि आयोजित कार्यक्रमलाइ सम्बोधन गर्दै नेपाली काँग्रेसका नव निर्वाचित सभापति शेरबहादुर देउवाले महाधिवेशन पूर्व पार्टी भित्र यो वा त्यो बहानामा मौलाएको गुट–उपगुटको अन्त्य गर्दै काँग्रेसका वास्तविक रुपमा एकढिक्का बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ
। त्यस्तै उहाँले सम्बोधनको क्रममा “नयाँ संविधानको सवालमा मधेसी समुदायले प्रकट गर्दै आएको असहमतिलाइ समेत सम्बोधन गर्दै अगागि बढ्नुको विक्लप नभएको जिकिर गर्दै उहाँले काँग्रेसको नृतृत्वमा नै मुलुकमा विद्यमान यावत समस्याको समाधान हुँने बताउँनु भएको छ ।

त्यस्तै कार्यक्रममा नवनिर्वाचित महामन्त्री डा शशाङ्क कोइराला नवनिर्वाचित कोषाध्यक्ष सीतादेवी यादव केन्द्रीय सदस्य प्रकाशमान सिंह काठमाडौँ काँग्रेसका सभापति सबुज बाँनिया लगायतका वक्तहरुले बोल्नु भएको थियो ।  यसैवीच काँग्रेसको १३ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यको पदभार ग्रहणको कार्यक्रम आज र साँझ ४ बजे हुँने भएको छ । त्यसअघि आजै पार्टीको केन्द्रीय निर्वाचन समितिले नवनिर्वाचित सबै पदाधिकारी र सदस्यलाई विजयी भएको प्रमाणपत्र वितरण समेत गर्ने थाहा भएको छ ।