बुधबार, बैशाख १२, २०८१

हत्याको आरोपमा ४ अभियुक्त पक्राउ

  भक्तपुर चैत्र ३, महानगरीय प्रहरी वृत्त थिमीले मंगलवार मध्यपुर थिमि नगरपालिका स्थित सुकुम्बासी बस्तीमा छुरा प्रहार गरी एक जनाको हत्या गरेको र अर्का एक जनालाई घाइते बनाएको आरोपमा पक्राउ गरिएका ४ जना अभियुत्त क्रमस काठमाडौँ महानगरपालिका–३५ images (1)बस्ने १८ वर्षीय निरण तामाङ, त्यस्तै गरि २० वर्षीय देवेन्द्र कार्की, अर्पण राई र मध्यपुर नगरपालिका–१६ बस्ने १७ वर्षीय हिराबहादुर खड्कालाइ सार्वजनिक गरेको छ ।

प्रहरीका अनुसार गत शनिबार सामान्य विवादवीच भएको भनाभनमा विजयलामा माथि छुरा प्रहार गर्दा जिनको मृत्युु भएको थियो अर्का अशोक दाहाल घाइते भएको थाहा भएको छ ।  त्यस्तै पक्राउ परेका ४ जनालाई जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान जारी राखेको प्रहरी परिसर भक्तपुरलाइ उदृत गदै्र्र प्राप्त समाचारमा उल्ल्ेख गरिएको छ ।