शुक्रबार, बैशाख १४, २०८१

वरिष्ठ नेता देउवा नेता सिटौलावीच गोप्य सम्झौता

काँग्रेस नेता सिटौलाद्दारा एकैदिन दुइवटा विज्ञप्ति जारी, सबैलाई प्रजातान्त्रिक प्रकृया अनुरुप मतदानमा भाग लिन आग्रह

काठमाडौं फागुन २४, नेपाली कांग्रेसको सभापतिको निर्वाचनबाट बाहिरिएका कृष्णप्रसाद सिटौलाले पार्टीलाई गुट उपगुटमा विभाजित हुनबाट जोगाउन आफूले पहल कदमी लिने बताउँदै व्यक्त मतको पनि सम्मान सहित पार्टीभित्र सबैको भावना समेट्न सकियो र मतदान
गर्ने अवस्था आएन भने महाधिवेशनबाट सकारात्मक सन्देश प्रवाहित हुने मेरो विश्वास व्यक्त गर्दै मतदानमा भाग नलिन अपिल गर्नुभएको छ। त्यस्तै विज्ञप्तिमा उहाँले आज हुने दोस्रो चरणको निर्वाचन भाग लिन महाधिवेशन प्रतिनिधीहरुलाइ अपिल समेत गर्नु भएको छ। तर प्रस्तुत निर्वाचनमा आफ्नो समर्थन कुन समूहलाइ हुँने हो भन्ने सवालमा कुनै खुलासा गर्नु भएको छैन ।

यसैवीच काँग्रेस नेता सिटौलाले पहिलो विज्ञप्ति जारी गरेको केहि समयपछि जारी अर्को विज्ञप्तिमा दोस्रो चरणको मतदानमा प्रवेश गर्नु अगावै हिजो व्यक्त मतको समेत सम्मान गर्दै पार्टिभित्र सबैको भावना समेट्ने अवस्था सुनिश्चित गर्न सकियो र मतदान गर्ने अवस्था आएन भने महाधिवेशनबाट सकारात्मक सन्देश प्रवाह हुन सक्छ भन्ने मेरो विश्वास व्यक्त गरेपनि बिहान मतदानमा भाग नलिन अपिल press-note-photo press-realese-krishna-sitaulaगरेका उनले मतदान सुरु हुनै लाग्दा अर्को विज्ञप्ती जारी गर्दै सबैलाई प्रजातान्त्रिक प्रकृया अनुरुप मतदानमा भाग लिन आग्रह गर्दै लोकतान्त्रिक प्रक्रियालाई स्वच्छ र सहज रुपमा स्विकारी मतदान प्रक्रियामा सहभागि हुन सम्पूर्ण महाधिवेशन प्रतिनिधीहरुलाई आह्वान गर्दछु। त्यस्तै महाधिवेशनमा हामीलाई साथ दिने सबैप्रति हार्दिक धन्यवाद दिदै भोलिका दिनमा पनि पार्टी रुपान्तरणका लागि हाम्रो अभियानमा निरन्तर साथ र सहयोग रहनेछ भन्ने विश्वास व्यक्त गर्नुभएको छ ।

यसैवीच समाचार स्रोतका अनुसार नेता सिटौलाले काँग्रेस वरिष्ठ नेता देउवा वीच एक गोप्य सम्झौता भएको बुझिएको छ । प्रस्तुत सम्झौता अनुरुप नेता सिटौलाले दोस्रो चरणको निर्वाचणमा वरिष्ठ नेता देउवालाइ समर्थन जनाउँने र यसको बदलामा उहाँलाइ भोलिका दिनमा संसदीय दलको नेता बनाउँदै प्रधानमन्त्री बन्ने बाटो खुला गरिदिनु पर्ने शर्त रहेको बुझिएको छ ।
आइतवार भएको निर्वाचनमा काँग्रेसका नेतात्रय मध्ये देउवाले बहुमतका लागि ११ मत कम, १५ सय ६४, पौडेलले ११ सय ६० र सिटौलाले ३ सय २४ मत पाएका थिए ।