शुक्रबार, बैशाख १४, २०८१

यस्तो छ प्रधानमन्त्री ओलीको बहुचर्चित चीन भ्रमणको कार्यक्रम

काठमाडौ चैत ६ परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओली चीनका प्रधानमन्त्री ली खछयाङको निमन्त्रणामा आइतवार (भोलीदेखि देखि) चैत्र १४ गतेसम्म गर्नु हुँने चीनको औपचारिक भ्रमणको क्रममा सम्मपन्न हुँने कार्यक्रम सार्वजनिक गरेको छ । सार्वजनिक कार्यक्रम kp_oli_pmविवरणमा उल्लेख भएअनुसार प्रम ओलीले भ्रमणका क्रममा चीनका राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेट समेत गर्नुहुँने उल्लेख गरिएको छ । त्यस्तै चैत ८ गते प्रम ओली सरिक हुनका साथै उहाँले आफ्ना समकक्षी लीसँग वार्तामा पारस्परिक हित र साझा चासोका विषयमा द्विपक्षीय औपचारिक वार्ता गर्ने कार्यक्रम रहेको उक्त मन्त्रालयले जनाएको छ ।

औपचारिक वार्तापछि प्रधानमन्त्रीद्वयको उपस्थितिमा द्विपक्षीय सम्झौता र समझदारीपत्रमा दुबै मुलुकका उच्च अधिकारीले हस्ताक्षर गर्नुहुनेछ । प्रधानमन्त्री लीले प्रधानमन्त्री ओली र उहाँ नेतृत्वको प्रतिनिधिमण्डलको सम्मानमा सोही दिन दिवाभोजको कार्यक्रम रहेको परराष्टले जनाएको छ । त्यसपछि प्रधानमन्त्रीले चाइनिज पिपल्स पलिटिकल कन्सल्टेटिभ कन्फ्रेन्सका अध्यक्ष यु झेङसेङसँग भेटवार्ता, रेनमिन विश्वविद्यालयमा विद्वत्वर्ग, प्राज्ञहरुसंगको र व्यापारी वर्गको उपस्थितिमा ‘बेल्ट एण्ड रोड इनिसिएटिभ्स’ सन्दर्भमा नेपाल–चीन सम्बन्ध विषयक कार्यक्रमलाई सम्बोधन, त्यस्तै साङ्घाइ सहयोग सङ्गठन को संवाद साझेदारी प्रदानसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा सहभगी हुनुको अलावा चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन परिषद्मा नेपाली र चिनियाँ व्यापारीको उपस्थितिमा आयोजना हुने सभालाई सम्बोधन गर्नुहुने भएको छ।

त्यस्तैगरि प्रधानमन्त्री ओली चीनका लागि नेपाली राजदूत डा महेश मास्केले चैत ९ गते बेइिजिङस्थित नेपाली दूतावासमा आयोजना हुने स्वागत भोजसंगै त्यही दिन सञ्चारकर्मीसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको उक्त मन्त्रालयले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख रहेको छ । त्यस्तैगरि विज्ञप्तिमा प्रधानमन्त्रीले हेनान प्रान्तको बोआओमा आयोजना हुने एसियाका लागि बोआओ मञ्चको ‘एसियाको नयाँ भविष्य नवीन आयाम, नवीन दृष्टिकोण’ विषयक सम्मेलनलाई समेत चैत ११ गते र सिचुवानको छेन्दु र सान्सी प्रान्तको सियानमा उहाँले प्रान्तीय एवम् नगरपालिकाका नेतासंगको भेटवार्ताका साथै व्यापारी समुदायलाई सम्बोधन गर्नुहुने उल्लेख रहेको छ । प्रधानमन्त्री ओली र उहाँ नेतृत्वको प्रतिनिनिधमण्डल चैत १४ गते छेन्दुबाट स्वदेश फर्कने कार्यक्रम छ भने भ्रमणदलमा प्रमको साथमा उहाँकी पत्नी राधिका शाक्य, उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापा, अर्थमन्त्री विष्णु पौडेल, वाणिज्यमन्त्री दीपक बोहोरा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, व्यवस्थापिका–संसद्का सदस्य, मुख्यसचिव, विभिन्न मन्त्रालयका सचिव, नेपाल सरकार वरिष्ठ अधिकारी, व्यापारी र सञ्चार प्रतिष्ठानका प्रतिनिधि रहनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।