शुक्रबार, बैशाख १४, २०८१

मन्त्रिपरिषद्को बैठक : विराट पेट्रोलियमको पेट्रोल बिक्रीवितरणमा रोक, इन्धन आयात गर्न सर्वाधिकार निगमलाइ

प्रम ओलीको आसन्न चीन भ्रमणलाइ उपलब्धिमुलक बनाउँने
३६ वटा कम्पनीहरुलाई पेट्रोलियम आयात तथा बिक्रीको लागि दिइएको अनुमति खारेज

काठमाडौ चैत्र ४, मन्त्रिपरिषद्को आजको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चत्र ७ गतेबाट गर्न लागिेको मित्र राष्ट्र चीनको आसन्न भ्रमणलाई अपेक्षकृतरुपमा उपलब्धिमूलक बनाउने निर्णय गरेको छ ।  त्यस्तै बैठकले चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई oli-cabinet-1st-meeting-650x388सहयोगस्वरुप दिएको करिब ४९ करोड पचास लाख अनुदान पनि स्वीकार गर्ने निर्णय गर्नुको अलावा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि चिनियाँ एक्जिम बैङ्क मार्फत नेपालले प्राप्त गर्ने २२ अर्ब ७४ करोड ९२ लाख १० हजार ऋण स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री शेरधन राईले जानकारी दिनु भएको छ ।

साथै प्रवक्ता राइका अनुसार आजको बैठकले व्यवस्थापिका–संसद्, सार्वजनिक लेखा समितिले बजार मूल्यभन्दा बढीमा बिक्री भइरहेको विराट पेट्रोलियमको पेट्रोल बिक्री रोक लगाउन सरकारलाई निर्देशनलाइ स्वीकार गर्दै यसअघि ३६ वटा कम्पनीहरुलाई पेट्रोलियम आयात तथा बिक्रीको लागि  दिइएको अनुमतिखारेज गर्दै
नेपाल आयल निगम बाहेक अन्य कुनै निकायले इन्धन आयात गर्न नपाउने नितिगत निर्णय गरेको छ ।