शनिबार, बैशाख १५, २०८१

महामन्त्रीमा र कोषाध्यक्षमा संस्थापनतर्फका कोइराला र यादव विजयी, खुला केन्द्रीय सदस्य मतगणना बुधवार हुँने

काठमाडौँ फागुन २५ , नेपाली काँग्रेसको १३औँ महाधिवेशनबाट पार्टीको महामन्त्रीमा र कोषाध्यक्षमा संस्थापन पक्षका उम्मेदवार डा शशांक कोइराला र सीतादेवी यादव विजयी हुनुभएको छ ।  गत फागुन २३ गते निर्वाचनको आज मतगणना पछि घोषित परिणाम अनुसार महामन्त्री  पदका उम्मेदवार डा शशांले एक हजार ४१७ मत र त्यस्तै कोषाध्यक्ष पदमा सीतादेवी यादव एक हजार २१७ मत ल्याई विजयी हुनुभएको जानकारी दिईएको छ ।

उहाँहरुका निकटतम प्रतिद्वन्द्वीद्दय अर्जुननरसिंह केसी र गगनकुमार थापाले क्रमस १ हजार १७ मत र ५८४ मत प्राप्त गर्नुभएको थियो महामन्त्री कोइरालाले निकटतम प्रतिद्वन्द्वी केसीलाई ४०० मताअन्तरमा पराजित गर्नु भएको छ ।  त्यस्तै कोषाध्यक्षका उम्मेदवार सीतादेवीले आफ्ना निकटम प्रतिद्धन्दि चित्रलेखा यादवलाइ आठ मतको फरकमा हराउँदै विजयी हुनुभएको निर्वाचन समितिले जनाएको छ । निर्वाचनमा चित्रलेखा यादवले एक हजार २१७ मत प्राप्त गर्नुभएको थियो भने कोषाध्यक्ष पदका अर्का उम्मेदवार उमाकान्त चौधरीले ४५७ र कृष्ण कार्कीले ६६ मत प्राप्त गर्नुभएको थियो । सभापतिमा शेर बहादुर देउवा यसअघिनै निर्वाचित भइसक्नुभएको छ ।  त्यस्तै खुला केन्द्रीय सदस्यमा २५ पदको आरक्षणतर्फ छ महिला केन्द्रीय सदस्य पदको प्रदेशतर्फको उम्मेदवार र आरक्षणमा आदिवासी जनजातितर्फको मतगणना सुरु हुने निर्वाचन समितिले जनाएको छ ।