बुधबार, बैशाख १२, २०८१

बुधबार विहान खण्डग्रास सूर्यग्रहण,बिहान ५ः५७ बजे स्पर्श ,मोक्षकाल ७ः०२ बजे

काठमाडौ फागुन २५ , फागुन २६ गते अर्थात बुधबार फागुन कृष्ण औँसीका दिन खण्डग्रास सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
 बिहान ५ः५७ बजे सूर्यग्रहणको स्पर्श हुने भए पनि नेपालमा ६ः२२ मा सूर्योदय हुने भएकाले त्यसपछि मात्र सूर्यग्रहणको दृश्य ग्रहण देख्न सकिने समितिलाइ उदृत गर्दै प्राप्त समाचाार उल्लेख गरिएको छ । त्यस्तै समाचारमा ग्रहणको मध्यकाल बिहान ६ः२७ र मोक्षकाल ७ः०२ बजे हुँने र यसवीचमा शास्त्रीय वर्जित कुनै पनि कार्य गर्नु नहुँने बताईएको छ ।  सूर्य ग्रहणका दिन सरकारले सार्वजनिक बिदा दिने गरेको छ । तर यसपटक बुधबार ग्याल्बो ल्होसारको सार्वजनिक बिदा परेकाले राज्यको तर्फबाट बिदाको निर्णय गरिरहनु नपर्ने भएको छ ।