शुक्रबार, बैशाख १४, २०८१

निलम्बित सांसद लामा थप ३ दिन हिरासतमा

काठमाडौ चैत्र ५ , अकुत सम्पत्ति आर्जन गरेकोे आरोपमा अख्तियार अनुसन्धान आयोगले छानबिनका लागि लामाको दरबारमार्गस्थित district-administration-office-kathmanduइन्भेस्टमेन्ट बैंकको लकरमा जाँच गर्दा आइतबार बन्दुकको १४ थान गोली बरामद भएपछि पक्राउ परेका निलम्बित सांसद ल्हारक्याल लामालाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले प्रहरीलाई अनुमति दिएको छ ।

प्रजिअ रामकृष्ण सुवेदीले लामालाई हातहतियार तथा खरखजाना ऐनअनुसार थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिइएको हो यसअघि फागुन ३० गते जिप्रकाले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।