शुक्रबार, चैत्र १६, २०८०

प्रजातन्त्रका पिता सिंहको तस्बिर अङ्कित चाँदीको सिक्का निष्काशन

काठमाडौ चैत्र ५,  प्रजातन्त्रका पिता गणेशमान सिंहको जन्मशताब्दीको अवसरमा नेपाल राष्ट्र बैंकले गणेशमान सिंहको तस्बिर अङ्कित  1044306_10154009657027329_4859293950828813561_n 10325796_10154009654547329_3850417596408994078_nचाँदीको सिक्का निष्काशन गरेको छ ।  नेपाल राष्ट्र बैंक र गणेशमान सिंह फाउन्डेसनले आज संयुक्तरुपमा आयोजित एक कार्यक्रममा राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले उक्त सिक्का सार्वजनिक गर्दै डा नेपालले नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्वर्गीय सिंहले गर्नुभएको योगदानको सम्मानमा सिक्का प्रकाशन गरिएको जानकारी दिनुभएको छ ।

त्यस्तै स्व सिंहका सुपुत्र एवमु पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले जन अधिकार स्थापनाको लागि कसैसँग सम्झौता नगर्ने निदर व्यक्तित्व सिंह भएको भन्दै उहाँको योगदानलाई कसैले भुल्न नहुने जनाउ दिनुभएको थियो । सिंहको सम्झनामा निष्कासन गरिएको प्रस्तुत सिक्कामा ९९ प्रतिशत शुद्ध धातु, ७७ मिलिमिटर गोलाइ, २५ ग्राम तौल रहेको छ । यसको बिक्र वितरण टक्सार विभाग सुन्धाराबाट गरिने र यसको मूल्य रु दुई हजार ७६ पर्ने कार्यक्रममा जानकारी दिईएको थियो ।