बिहिबार, बैशाख १३, २०८१

फर्जी बिल भरपाई पेश गरि रकम दुरुपयोग गर्ने अध्यक्ष र प्रअ विरुद्ध मुद्दा दायर

काठमाडौ चैत्र ५,  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषास्थित नमुना प्रावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष timthumb (1)प्रदीपकुमार यादव र प्रधानाध्यापक दिनेशकुमार मण्डलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले अनुसार अध्यक्ष यादव र प्रअ मण्डलले विद्यार्थी सङ्ख्या गलत देखाई फर्जी बिल भरपाईसमेत पेस गरी विभिन्न आवमा विद्यालयलाई प्राप्त रु १ लाख ५१ हजार १४६ बराबरको भ्रष्टाचार गरेको अभियोगमा हदैसम्मको कारबाहीको माग गर्दै आज मुद्दा दर्ता गराइए जनाएको छ ।