शुक्रबार, बैशाख १४, २०८१

काँग्रेस महामन्त्रीमा केसी र केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी घोषणा

संस्थापन समूहबाट न्याय नपाएपछि फरक समूहबाट उम्मेदवारी : नेता अर्जुननरसिंह केसी
पार्टीलाई विधान सम्मत, विचारशील सिद्धान्तनिष्ठ बनाउँन  मेरो उम्मेदवारी :लोकेश ढकाल  

काठमाडौ फागुन १८, काँग्रेसको आसन्न १३ औ महाधिवेशनको काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा खेमाबाट नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले महामन्त्रीमा आफ्नो उम्मदेवारी घोषणा गर्नुभएको छ । राजधानीमा आज आयोजित उम्मेदवारी घोषणा सभामा aj 1बोल्दै नेता केसीले आफूले १८ वर्षसम्म संस्थापन समूहबाट न्याय नपाएपछि फरक समूहबाट उम्मेदवारी दिन बाध्य भएको जनाउ दिदै आफ्नो उम्मेदवार अन्तिम निर्णय भएको बताउँनु भएको छ ।     त्यस्तै  महामन्त्रीका अर्का उम्मेदवारको रुपमा रहेका   गगन थापाको उम्मेदवारीलाइ लिएर उहाँले   गम्भीरतापूर्वक   सोच्न समेत  आग्रह गरेका  छन ।  यद्यपी देउवा समूहको औपचारिक ज्यानल भने घोषणा हुन बाँकीनै छ ।

त्यस्तै काँग्रेस महाधिवेशनको मिति नगिचिदै जाँदा आजै काँग्रेस केन्द्रीय सदस्य पदका लागि राजधानीमा पार्टीलाई विधान सम्मत तरिकाले चलाउन, विचारशील सिद्धान्तनिष्ठ, निष्ठावान र अनुशासित सशक्त कार्यकर्ता पंति तयार गर्न, बिपी कोईरालाको विचार र चिन्तनलाई वर्तमान परिप्रेक्षमा थप उन्नत बनाउँदै, राष्ट्रीयताको पक्षमा  उभिन सक्ने, सामाजवादलाई व्यवहारमा नै उतारेर देखाउन सक्ने, प्रजातन्त्रलाई स्थायित्व दिंदै देशको सफल नेतृत्व आवश्यकत भएको ठहर गर्दै काँग्रेसका जुझारु एवम् प्रष्टवक्ता समेत रहेका नेता तथा महासमिति सदस्य लोकेश ढकालले पनि आफ्नो उम्मेदावरी घोषणा गर्नु भएको छ ।