शनिबार, बैशाख ८, २०८१

कीर्ते मुद्दाका फरार दुई अभियुक्त पक्राउ

काठमाडौ फागुन १८, केन्द्रीय अनुसन्धान ब्युरोले सरकारी छाप दस्तखत कीर्ते तथा ठगी मुद्दामा फरार रहेका कामपा वडा १५ बस्ने DSC_1066गौतममान श्रेष्ठ र कलङ्की बस्ने अकेला मिया भन्ने अखलाखुर रहमानलाई पक्राउ गरेको छ ।

प्राप्त समाचारमा उल्लेख भए अनुसार काठमाडौँ जिल्ला अदालतले निजहरुविरुद्ध दुई वर्ष कैद रु ३० लाख २५ हजार ५० जरिवाना सहितको फैसला गरेको भएपनि दुवै अपराधि फरार रहेको अवस्थामा ब्युरोटोलीले श्रेष्ठ र रहमानलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरे लगतै अदालतको आदेशले कैद भुक्तानको लागि सोमवारनै निजलाई केन्द्रीय कारागार चलान गरिएको उल्लेख गरिएको छ ।