शुक्रबार, बैशाख १४, २०८१

काँग्रेस महाधिवेशनको लागि छुट्टै वेबसाइट सञ्चालनमा

काठमाडौ फागुन १९, नेपाली काँग्रेसको आसन्न १३औँ महाधिवेशनका लागि गठित केन्द्रीय प्रचार समितिअन्तर्गतको मिडिया सेन्टरले मंगलवारबाट जानकारीमुलक छुट्टै वेबसाइट सञ्चालनमा ल्याएको छ ।  नेपाली काँग्रेसको आधिकारिक वेबसाइट www.nepalicongress.org भित्र रहेको convention.nepalicongress.org  मा क्लिक गरेपछि महाधिवेशनसम्बन्धी सामग्री पाइने व्यवस्था केन्द्रीय प्रचार समितिअन्तर्गतको मिडिया सेन्टरले गरिएको छ ।

त्यस्तै महाधिवेशनको समाचार सङ्कलनका लागि पत्रकारलाई छुट्टै परिचयपत्रको व्यवस्था गर्ने तयारी पनि गरेको छ । परिचयपत्र वितरण कार्य भोलिदेखि हुने समितिले जनाएको छ । काँग्रेसको केन्द्रीय प्रचार समितिको संयोजक भने काँग्रेसका प्रचार विभाग प्रमुख तथा पूर्वसञ्चार मन्त्री डा मिनेन्द्र रिजाल हुनुहुन्छ भने वरिष्ठ पत्रकार कवीर राणा संयोजकत्वको गठित मिडिया सेन्टरको सहसंयोजकमा कृष्ण केसी, उपसंयोजकमा शिव लम्साल रहनुभएको छ भने सदस्यमा अनिता विन्दु, ईश्वरी ओझा, रामजी दाहाल, रामप्रसाद दाहाल, अजयबाबु शिवाकोटी, सरोज अधिकारी, शरदराज सुवेदी, कुमार भट्टराई, शलोजा दाहाल, खिला कार्की, जीवन भण्डारी, नकुल अर्याल रहेका छन ।  समितिले पत्रकारलाई समाचार सङ्कलनका लागि अघिल्ला महाधिवेशनमा भन्दा धेरै सहज बनाउने तयारी गरेको छ ।