शुक्रबार, बैशाख १४, २०८१

यस्तो छ काँग्रेस १३औं महाधिवेशनको तयारी , प्रथम युगान्तकारी घोषणापत्र सहित

Congress_Mahadhibetaion_252294018

राजधानी यतिवेला काँग्रेसका झन्डा, द्वार र नेता कार्यकर्ताका सम्पर्क कार्यालयमा राखिएका ब्यानरका कारण भकिझकाउ

काठमाडौ फागुन १९,  फागुन २० अर्थात विहिवारबाट राजधानीमा सुरु हुन गइरहेको राष्ट्रियता, लोकतन्त्र, समाजवादको आदर्श एवं सिद्धान्त बहुलवादमा आधारित बहुदलीय व्यवस्था, तथा संसदीय शासन प्रणालीको माध्यमबाट नेपालमा न्याय पूर्ण गतिशील र शान्तिपूर्ण समाजको निर्माण गरी सामाजिक, राजनैतिक तथा आर्थिक विकाश गर्ने उद्देश्य बोकेको, नेपाली जनताको अगाद श्रद्धा र सम्मान पाएको यो नेपालको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली काँग्रेसको १३औँ महाधिवेशनको तयारी प्राय पुरा भएको काँग्रेसले जनाएको छ ।

जननायक वीपी कोइरालाले २ अक्टुवर मा पटनाबाट प्रकाशित हुने द र्सच लाईट पत्रिका मार्फ भारतमा रहेका नेपालीहरूलाई सँगठित गर्ने उद्देश्यले नेपालीहरूको अखिल भारतीय सँगठन निर्माणका निम्ति गरेको आहृवानबाट यसको जन्मको प्रारम्भ भएको पाइन्छ।  भारतीय स्वतन्त्रता सँग्राम समेतका योद्धा वीपी कोइरालाको सक्रियतामा कार्तिक १५, २००३ मा बनारसमा बस्ने नेपालीलाई सँगठित गरी राष्ट्रिय काँग्रेस नामक संस्थाको बनारसमा स्थापना भएको थियो भने यसको पहिलो महाधिवेशन विसं २००३ माघ १२ र १३ भएको थियो ।

सँगठनको रूपरेखा सिद्धान्त र कार्य प्रणालीको निश्चय गर्न विस २००३ माघ १२ र १३ गते विषेश गरी प्रवासी जुजारु नेपालीहरू तथा नेपालको जेल तोडेर आएका गणेशमान सिंह लगागत नेपाल तथा भारतका विभिन्न स्थानबाट आएका नेपाली प्रतिनिधिहरूको सहभागिता भएको यस समारोहमा वीपी कोइरालाले सभापतित्व र डा। डिल्लीरमण रेग्मीले झण्डोत्तोलन गर्नु भएको थियो। भारतको कलकत्ताको भवानीपुरस्थित खालसा हाईस्कूलमा भएको प्रथम महाधिवेशनले यसको नाम परिवर्तन गरी नेपाली राष्ट्रिय काँग्रेस बनाईएको थियो ।

  • त्यस्तै नेपाली कांग्रसले आफ्नो प्रथम युगान्तकारी घोषणापत्र – २००६ मा समस्त देशवासीलाई आव्हान गर्दै भनेको थियो, …………अब हाम्रा देशवासीहरू यस घोर अन्यायका विरुद्ध जर्ुर्मुराएर उठ्नु आवश्यक भइसकेको छ। ड्ड अब यथाशीघ्र सम्पूर्ण अवन्नतिको जरा नै उखेलेर फ्याकिदिनु परेको छ। ड्ड तानाशाही सरकारलाई शीघ्रातिशीघ्र खतम गरी देशोन्नति गर्न हिम्मत गर्ने तरुणहरूले नेपाली कांग्रेसको स्थापना गरेको छन्। ड्ड सम्पूर्ण जनताको तागत बटुलेर एउटा अन्तिम आन्दोलन गरी स्वेच्छाचारी पारिवारिक शासनलाई उखेलेर फ्याक्ने निश्चय गरेको छ। ड्ड क्रान्ति पश्चात जनताका प्रतिनिधिहरूद्वारा निर्मित विधान अनुसार …….शासनको सम्पू���्ण वाग्डोर जनताद्वारा निर्वाचित प्रतिनिधिहरूको हातमा रहने छ।……………. जनताप्रति उत्तरदायी शासन नै उत्तरदायी शासन हो। ड्ड यर् वर्तमान शासनको अन्त्य भइसकेपछि नेपाली काँग्रेसले बालिक मताधिकारका आधारमा चुनिएका जनप्रतिनिधिहरूको एउटा परिषद् वा सभा बोलाउने छ। यसै परिषद् वा सभालाई नेपाल जनराज्यको संविधान वा राज्य सञ्चालन सम्बन्धी नियम कानून बनाउने सम्पूर्णजिम्मेवारी सुम्पने छ। नेपाली काँग्रेस राजनैतिका साथै आर्थिक समानताका आधारमा उभिएको प्रजातन्त्रलाई आफ्नो आदर्श मान्दछ। समसामयिक परिवेशको गम्भिर मूल्याङ्कन गरिएको यस एकताको महाधिवेशनले महाधिवेशनले अहिंसात्मक रूपबाट परिवर्तनको सम्भावना नभएमा शसस्त्र क्रान्तिबाट भएपनि राणा शासनको अन्त्य गर्राई नेपालमा जनताको सरकार स्थापना गराउने लक्ष्य लिएको थियो।

यसवीचमा काँग्रेस सभापति सुशील कोइरालाको गत माघ २६ गते निधन भएपछि माघ मसान्तसम्म जिल्ला अधिवेशनलगायत महाधिवेशन तयारीका काम स्थगन गरिएको थियो । काँग्रेस महाधिवेशनको तयारीका विषयमा सभापति कोइरालाको निधनपछि फागुन २ गते । पहिलो पटक औपचारिक बैठक बस्दै ‘सुशीलको नेतृत्वमा बनायौँ संविधान स् समृद्ध राष्ट्र निर्माण अब हाम्रो अभियान’ भन्ने मूल नारा सहित काँग्रेसको आसन्न १३औँ महाधिवेशनको उद्घाटन समारोह स्थानीय खुलामञ्च र बन्दसत्र प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा हुने भएको छ । कार्यवाहक सभापति रामचन्द्र पौडेलको नेतृत्वमा रहेको नीति तथा कार्यक्रम समितिले महाधिवशेनका लागि पेस गरेको पार्टीको नीति तथा कार्यक्रमलाई केन्द्रीय समितिले पारित गरिसकेको छ । साथै महाधिवेशन तयारीका लागि काठमाडौँ जिल्ला सभापतिको संयोजकत्वमा गठित महाधिवेशन व्यवस्थापन समितिले सोमबार साँझदेखि काठमाडौँ जिल्लाभर बिजुलीका खम्बामा झन्डा राख्न सुरु गरिकसेको छ भने राजधानी यतिवेला काँग्रेसका झन्डा, द्वार र नेता कार्यकर्ताका सम्पर्क कार्यालयमा राखिएका ब्यानरका कारण भकिझकाउ भएका छन ।
त्यस्तै महाधिवेशनको तयारीका लागि गठन गरिएका अन्य विषयगत सबै समितिको जिम्मेवारी पनि लगभग अन्तिम चरणमा पुगेको छ । यसक्रममा पार्टीका प्रचार विभाग प्रमुख डा मीनेन्द्र रिजालको संयोजकत्वमा रहेको प्रचारप्रसार समितिले विभिन्न उपसमिति बनाएर जिम्मेवारीको बाँडफाँड सहित पुरा गर्नुको अलावा देश विदेशबाट महाधिवेशनका लागि आउने प्रतिनिधि, पर्यवेक्षक, पाहुना, सहयोगीलगायतलाई खाने र बस्ने व्यवस्थाका लागि आवास तथा भोजन व्यवस्थापन सहित झन्डै चार हजार प्रतिनिधि, पर्यवेक्षक, पाहुना र सहयोगीलाई खाने र बस्ने व्यवस्था गरिँदै छ । त्यसैगरी, विदेशी पाहुना स्वागत समिति, स्वास्थ्य समिति, स्वयम्सेवक व्यवस्थापन समिति, मञ्च व्यवस्थापन समिति लगायतले पनि आ–आफ्नो काम गरिरहेको बताइएको छ ।
त्यस्तै आसन्न १३औँ महाधिवेशनमा विदेशस्थित १७ देशका जनसम्पर्क समितिका १२६ महाधिवेशन प्रतिनिधिले भाग लिदै छन भने अमेरिका, स्पेन, डेनमार्क, बेल्जियम, भारत, हङकङ, मकाउ, अस्ट्रेलिया, बेलायत, कतार, संयुक्त अरब इमिरेट्स, मलेसिया, पोर्चुगल, जापान, नेदरल्यान्ड, दक्षिण कोरिया र जर्मनी गरी १७ देशका १२६ महाधिवेशन प्रतिनिधिले भाग लिने काँग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

  • यस्तो छ तत्कालीन काग्रेसको त्रिकोणत्मक नीती 
    २०२६ साल देखि २०३३ साल सम्म काग्रेसको त्रिकोणत्मक नीतिमा चलेको देखिन्छ। तत्कालिन अवस्थामा नेपाली कांग्रेसले तीन प्रकारको आन्दोलनको रणनीति लिएको पाइन्छ।  सूवर्ण शमशेरको नेतृत्वमा राजासँग वार्ता र समझदारी कायम गर्ने, ड्ड कृष्णप्रसाद भट्टराईको नेतृत्वमा अहिंसात्मक र असहयोग आन्दोलन मुलुक भित्रबाटै गर्ने,  वीपी कोइरालाको नेतृत्वमा भारतबाट शसस्त्र संघर्षगर्ने,
  • विसं २०२९ भाद्र ९ बाट वीपी कोइरालाको नेतृत्वमा शसस्त्र संर्घषको सुरूवात, वि।सं। २०३२ मंसिर १ मा भारतमा संकटकालको घोषणा भएकाले नेपाली आन्दोलनलाई गहिरो प्रभाव, नेताहरू असुरक्षित, भारतको बर्साई असुरक्षित भएकाले विसं २०३२ फागुन १ मा वीपी कोइरालाले सन्त नेता कृष्णप्रसाद भट्टराईलाई कार्यबाहक सभापति नियुक्त गरी स्वदेशबाटै आन्दोलन चर्काउने रणनीति,
  • राष्ट्रिय, अन्तराष्ट्रिय परिस्थितिको मूल्याङ्कन गरी वि।सं। २०३३ पुष १६मा राष्ट्रियाको संरक्षणका लागि राष्ट्रिय मेलमिलापको नैतिका आधारमा प्रजातन्त्र पुनर्स्थापनाको अभियान सञ्चालन गर्न वीपी कोइराला, गणेशमान सिंह लगायतका नेताहरू स्वदेश फिर्ता,