बिहिबार, बैशाख १३, २०८१

सर्वोच्चका लागि ११ न्यायाधीश सिफारिस, महान्यायाधीवक्ता कार्कीको राजीनामा स्वीकृत

काठमाडौं फागुन १९, न्याय परिषदको मंगलवार बसेको बैठकले अवेर राती सर्वोच्च अदालतमा रिक्त रहेको न्यायाधीशका लागि ११ जनाको नाम सिफारिस गरेको छ । प्रस्तुत परिषदको बैठकले कानून व्यवसायीबाट ४ र पुनरावेदन तहका मुख्य न्यायाधीशबाट ७ जना सिफारिस गर्न लागेको सम्वद्धस्रोतले जनाएको छ  । परिषदको बैठकले यसरी न्यायाधीशका लागि सिफारिस गरेकाहरुमध्ये क्रमस आनन्दमोहन cotभट्टराई, ईश्वर खतिवडा, दीपक कार्की, मिरा खड्का, शारदा घिमिरे, केदार चालिसे र विश्वम्भर श्रेष्ठ सिफारिसमा परेका छन् । त्यस्तै अधिवक्ताहरुबाट हरिकष्ण कार्की, प्रकाश राउत, सपना मल्ल र अनिलकुमार सिन्हाको नाम पनि सिफारिस भएको छ ।

सिफारिसपछि अव परिषद्ले संसदीय सुनुवाइ बिशेष समितिमा नाम पठाएको छ । सुनुबाई समितिबाट अनुमोदन भएपछि मात्र राष्ट्रपतिले न्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

यसैवीच सर्वोच्च अदालतका लागि न्यायाधीश सिफारिसभएलगत्तै महान्यायाधीवक्ता हरिकृष्ण कार्कीले आफ्नो पदबाट मंगलवारनै राजीनामा दिनुभएको छ ।  महान्यायाधीवक्ता कार्कीले प्रम केपी शर्मा ओलीमार्फत राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो पदबाट राजीनामा दिनुभएको हो । त्यस्तै राष्ट्रपति कार्यालयका अनुसार महान्यायाधीवक्ता कार्कीको राजीनामा राष्ट्रपति भण्डारीले मंगलवारनै स्वीकृत गर्नुभएको छ राष्ट्रपतिको कार्यालयलले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2016
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
2829