शुक्रबार, बैशाख १४, २०८१

काँग्रेसको १३औँ महाधिवेशन आजदेखि राजधानीमा सुरु हुँदै

महाधिवेशनले कस्को र कस्तो नेतृत्व चयन गर्छ भन्ने सर्वत्र चर्चा र चासोका रुपमा हेरिनुको अलावा निकै अर्थपूर्ण मानिएको छ

Congress_Mahadhibetaion_252294018

श्रीजन झा /काठमाडौ फागुन २०, काँग्रेसको ऐतिहासिक १३औँ महाधिवेशन राजधानीमा आजदेखि सुरु हुँदैछ । सुशीलको नेतृत्वमा बनाऔँ संविधान, राष्ट्र निर्माण अब हाम्रो अभियान’ भन्ने मूल नाराका साथ सुरु हुन गइरहेको प्रस्तुत महाधिवेशनको विधिवत उद्घाटन कार्यवाहक सभापति रामचन्द्र पौडेलले राजधानीको सहिदमञ्चमा एक भव्य समारोहकावीच गर्ने कार्यक्रम रहेको छ । फागुन २३ गतेसम्म जारी रहने प्रस्तुत महाधिवेशनमा देशका प्रमुख राजनीतिक दलका नेताहरुको समेत सहभागिता हुने सो उद्घाटन सत्रमा विदेशबाट आएका पाहुनाले समेत भाग लिने बताईएको छ । मुलुकमा नयाँ संविधान जारी भएपछि हुँन गइरहेको प्रस्तुत महाधिवेशनको अन्तिम तयारी हुँदै गर्दा गत माघ २६ सभापति सुशील कोइरालाको असामयिक निधन भएपछि महाधिवेशनले कस्को र कस्तो नेतृत्व चयन गर्छ भन्ने सर्वत्र चर्चार चासोका रुपमा हेरिनुको अलावा निकै अर्थपूर्ण मानिएको छ ।

विसं २००३ माघ १२ र १३ गते नेपाली राष्ट्रिय काँग्रेसका रुपमा पहिलो महाधिवेशन सम्मपन्न गर्दै विभिन्न आरोह अवरोह पार गर्दै १३ औ महाधिवेशनको सुभारम्भ गर्न गइरहेको काँग्रेसको क्रमस दोस्रो महाधिवेशन २००४ मा बनारसमा, तेस्रो महाविधेशन भारतको दरभङ्गामा, चौथो भारतकै कलकत्तामा पाँचौँ अधिवेशन जनकपुरमा   र छैटौँ महाधिवेशन  वीरगन्जमा , विशेष अधिवेशन २०१४  विराटनगरमा र सातौँ महाधिवेशन २०१७ साल काठमाडौमा त्यस्तैगरि आठौँ महाधिवेशन झापामा, नवौँ महाधिवेशन काठमाडौँमा , दशौं महाधिवेशन पोखरामा, ११औं महाधिवेशन काठमाडौँ र १२ औं महाधिवेशन पनि काठमाडौँमानै भएको थियो ।

मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि नेतृत्व गरेको काँग्रेसको यो १३ औ महाधिवेशनले आफ्नै नेतृत्वमा जारी भएको संविधान कार्यान्वयनमा पार्टीले खेल्ने भूमिकाको पहिचान गर्ने अपेक्षा गरिएकोछ ।  प्रस्तुत महाधिवेशनमा विधानत २४० निर्वाचन क्षेत्रबाट समावेशी समानुपातिक प्रतिनिधित्वसहित १२ जनाका दरले दुई हजार ८८० प्रतिनिधिले भाग लिनेछन् भने भ्रातृ एवम् शुभेच्छुक १८ संस्थाका ९८, विदेशस्थित १७ जनसम्पर्क समितिका १२६ र वर्तमान केन्द्रीय समितिका पदाधिकारी एवम् केन्द्रीय सदस्य ८४ गरी तीन हजार १८८ महाधिवेशन प्रतिनिधि सहभागी हुने बताईएको छ । त्यस्तै राजधानीकै भृकुटीमण्डपमा हुने बन्दसत्रमा त्यस्तै कावा सभापति रामचन्द्र पौडेलले प्रस्तुत गर्न नीति तथा कार्यक्रममाथिको घनिभूत छलफलपछि फागुन २३ गते हुने निर्वाचनले आगामी चार वर्षका लागि नयाँ नेतृत्वको चयन समेत गर्नेछ ।