शुक्रबार, चैत्र १६, २०८०

एडभान्स प्राथमिक उपचार तालिम सम्पन्न

काठमाडौं फागुन २० ,नेपाल आँखा अस्पताल र मलेसियाको सेन्ट जोन एम्बुलेन्सको संयुक्त आयोजनामा ‘एडभान्स प्राथमिक उपचार तालिम बुधवार सम्पन्न भएको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालमा बिभिन्न ६ वटा अस्पतालबाट सहभागिता जनाएका प्रशिक्षार्थीलाई नेपाल आँखा अस्पतालका अध्यक्ष बिश्वकान्त मैनालीले प्रमाणपत्र प्रदान गरे । तालिम समापनका अवसरमा अस्पतालका प्रमुख कार्यकारी अधिकृत दमन बहादुर घलेले तालिमले दुर्घटना तथा अन्य कारणले घाईते भएका बिरामीलाई अस्पातल पु-याउनु पूर्व प्राथमिक उपचार गर्दै बिरामीको ज्यान बचाउन सहयोग पु-याउने बिश्वास ब्यक्त गरे । उनले यो तालिम देशका बिभिन्न ग्रमीण क्षेत्रमा पनि सञ्लान गर्नुपर्नैमा जोड दिनुभएको थियो ।

सेन्ट जोन एम्बुलेन्स मलेसियाका डा. लि हु टिओङ, लिउ चान होरिन, लुई ग्वो झि, ङुकुम चेक, लगायत नेपालका प्रा. डा. सबिना श्रेष्ठ, डा. सबिता ढकाल, डा. अमृत आचार्य लगायतले तालिम प्रदान गरेका थिए । सहभागि अरुण ढुंगानाका अनुसार यस तालिममा पाटन अस्पताल, नेपाली सेना, ग्राण्डी अस्पताल, वीर अस्पताल, नेपाल आँखा अस्पताल, सामूदायीक स्वास्थ्य केन्द्रका गरी ३० जना भन्दा बढी प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।

नेपाल आँखा अस्पतालले मलेसियाको सेन्ट जोन एम्बुलेन्सको सहकार्यमा गत मंसिर र माघमा पनि प्राथमिक उपचार तालिम सम्पन्न गरेको थियो । यस प्रकारको तालिम बर्षमा १५ भन्दा बढि सञ्चालन गर्ने सहमति भएको अस्पतालले जनाएको छ । प्रशिक्षार्थीहरुले आगामी दिनमा देशका अन्य स्थानमा समेत तालिम आफुहरु तयार रहेको बताएका छन् ।