शनिबार, बैशाख १५, २०८१

उम्मेदवारी मनोनयन दर्ता सकियो,१४ सिटको प्रदेश केन्द्रीय सदस्यमा १०२ जनाको उम्मेदवारी,बन्दसत्र २ बजेबाट

काठमाडौ फागुन २१. काँग्रेसको १३औं महाधिवशेनका लागि सभापतिदेखि सदस्यसम्म विभिन्न पदमा उम्मेदवारी मनोनयन दर्ता गर्ने काम केहिवेर अघि सम्पन्न भएको छ । आज मनोनयन दर्ताको क्रममा प्यालन सहित सस्थापन तर्फबाट कावा सभापति रामचन्द्र पौडेल र महामन्त्री कृष्णप्रसाद सिटौलाले उम्मेदवारी दर्ता गराउँनु भएको छ । त्यस्तैगरि वरिष्ठ नेता शेरबहादुर देउवाले पनि आफ्नो प्यानल सहित Congress_Mahadhibetaion_252294018उम्मेदवारी मनोनयन दर्ता गराउँनु भएको छ ।  त्यस्तै गरि कृष्णबहादुर कार्कीले पनि कोषध्यक्षमा उम्मेदवारी दर्ता गराउँनुभएको निर्वाचन समितिले जानकारी दिएको छ ।

त्यस्तै निर्वाचन समितिका अनुसार खुला २५ सदस्यका लागि ९४ जना र खुला महिला ६ सिटमा ४० उम्मेदवारले मनोनयन दर्ता गराउँनुभएको थाहा भएको छ । त्यस्तै प्रदेशको १४ सिटका लागि १०२ जनाको उम्मेदवारी परेको छ । आदिवासी जनजाति पुरुष तीन सिटमा ५० जना तथा महिला दुई सिटमा १४ जनाको उम्मेदवारी परेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।  यसैगरि आरक्षण कोटा अन्र्तगत दलिततर्फको तीन सिटमा २१ जना महिलातर्फ दुई पदका लागि ६ जना मुस्लिमतर्फ एक पदकालागि १०, मधेसी पुरुषतर्फ ३ पदका लागि १८ र महिलातर्फ २ पदका लागि ि १० जनाले उम्मेदवारी दिएको छन् ।

निर्वाचन समितिका अनुसार मनोनयन दर्ताको क्रममा १४ सिटका लागि हुँने प्रदेश केन्द्रीय सदस्यमा सबैभन्दा बढि अथात १०२ जनाको उम्मेदवारी जनाले उम्मेदवारी दिएका छन भने र सबैभन्दा कम दलित महिला तर्फको २ कोटामा ६ जना उम्मेदवारी परेको जनाएको छ ।
त्यस्तै उम्मेदवारको नाम फिर्ता फागुन २२ गते बिहान ९ बजेदेखि ११ बजेसम्म, अन्तिम नामावली प्रकाशन सोही दिन ११ बजेपछि र मतदान फागुन २३ गते बिहान ८ बजेदेखि साँझ ४ बजेसम्म राष्ट्रियसभा गृहमा हुने तालिका रहेको छ ।  यसैवीच १३औं महाधिवेशनअन्तर्गत बन्दसत्र राजधानीको प्रदर्शनीमार्गमा दिउँसो २ बजेबाट सुरु हुने भएको छ । बन्दसत्रमा पार्टीका कावा सभापति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम तथा महामन्त्रीले पार्टीको सङ्गठनात्मक प्रतिवेदन र र कोषाध्यक्षले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु हुँनेभएको छ ।