मङ्लबार, बैशाख ११, २०८१

कांग्रेसका कावा सभापति पौडेलद्दारा उम्मेदवारी दर्ता

कोषाध्यक्ष पदमा तीनजना मधेसीमुलका उम्मेदवारवीच प्रतिस्प्रर्धा हुँने

काठमाडौं फागुन २१ , नेपाली कांग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेलले सस्थापन पक्षको तर्फबाट सभापतिमा उम्मेदवारी दर्ता गराउँनुभएको छ । उहाँको प्यालनलको महामन्त्रीमा शशांक कोइराला र कोषाध्यक्षका उम्मेदवारमा सिरहाकी सांसद सीतादेवी यादव रहनुभएको छ ।

यसअघि कावा सभापति पौडेलको प्यालनमा घोषणा गर्न बाकी रहेको कोषाध्यक्षको उम्मेदारको सवालमा आजै विहान भएको छलफल पछि दुई कार्यकाल सिरहाको जिल्ला पूर्व सभापति एवम् विधानसभाको निर्वाचनमा सिरहा क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद सीतादेवी यादवलाइ उम्मेदवार बनाउँने नितिगत निर्णय गर्दै उहाँले आफ्नो उम्मेदवारी दर्ता गराउँनु भएको हो । पौडेलका प्रस्तावकमा महामन्त्री प्रकाशमान सिंह रहनुभएको छ भने समर्थकमा सुजाता कोइराला, रामशरण महत, पद्मनारायण चौधरीलगायतका ७ जना रहेका छन् ।

उम्मेदारी दर्तासंगै काँग्रेस महाधिवेशनको प्रस्तुत निर्वाचनमा कोषाध्यक्षको हकमा वरिष्ठ नेता देउवाको प्यालनबाट चित्रलेखा यादव, महामन्त्री कृष्ण सिटौलाको प्यालनलबाट उमाकान्त चौचौधरी र कावा सभापति रामचन्द्र पौडेल नेतृत्वको प्यानलबाट उम्मेदार बन्नुभएकी सीतादेवी यादववीच प्रतिस्पर्धा हुँने भएको छ । उहाँहरु तीनैजना मधेसीमुलका हुनुहुँन्छ ।