बिहिबार, चैत्र १५, २०८०

बन्दसत्रमा महामन्त्री, कोषाध्यक्षको प्रतिवेदन सहित पार्टीको नीति तथा कार्यक्रम प्रस्तुत

काँग्रेसको १३ औँ महाधिवेशन :  
प्रतिवेदनमाथि शनिवार बिहान ९ बजेदेखि छलफल गरिने

काठमाडौ फागुन २१, राजधानीको प्रदर्शनीमार्गमा नेपाली काँग्रेसको १३ औँ महाधिवेशन अन्र्तगत आज निर्धारित समय भन्दा एकघण्टा 12804380_10204047859075473_1777952288_n 12825571_10204047859155475_1843223033_n 12833432_10204047859235477_1534575882_nढिलो गरी सुरु भएको बन्दसत्रमा महामन्त्री, कोषाध्यक्ष र पार्टीको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । नेपाली काँग्रेसका कावा सभापति रामचन्द्र पौडेलको सभापतित्वमा सुरु भएको बन्दसत्रमा महामन्त्रीव्दय प्रकाशमान सिहं र कृष्णप्रसाद सिटौलाले पार्टीको साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्ष चित्रलेखा यादवले पेस गर्नुभएको आर्थिक प्रतिवेदन पेस गर्नुभएको थियो भने पार्टीको नीति तथा कार्यक्रम केन्द्रीय सदस्य महेश आचार्यले पेस गर्नुभएको थियो ।
बन्दसत्रमा आज प्रस्तुत तीनैवटा प्रतिवेदनमाथि शनिवार बिहान ९ बजेदेखि छलफल गरिने जानकारी बन्दसत्रपछि आयोजित  पत्रकार सम्मेलनमा दिईएको छ ।

चार दिनसम्म चल्ने महाधिवेशनले सभापति, महामन्त्री, कोषाध्यक्ष र समानुपातिक, समावेशी प्रतिनिधित्वसहितका ६४ जना केन्द्रीय सदस्य निर्वाचित गर्नेछ । काँग्रेसको विधानानुसार बाँकी सदस्य मनोनयन प्रक्रियाद्वारा पूर्णता दिई ८५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न हुँनेछ ।