शनिबार, बैशाख १५, २०८१

वरिष्ठ नेता देउवाद्वारा गैरकानूनी र अराजक गतिविधिको भत्र्सना

काठमाडौँ माघ २०, नेपाली काँग्रेसका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मधेशी मोर्चामा आवद्ध हिंस्रक जत्थाले पार्टीका पूर्व महामन्त्री एवम् केन्द्रीय सदस्य विमलेन्द्र निधिलगायतका नेताको घरमा पु-याएको क्षतिको घोर निन्दा र भत्र्सना गर्नुभएको छ । मोर्चाका कार्यकर्ताले केही दिनअघि निधिको घरको पर्खाल भत्काई घरभित्र राखेको मोटरसाइकलमा समेत आगजनी गरेका थिए ।

वरिष्ठ नेता देउवाले आज विज्ञप्ति जारी गर्दै पार्टीको अधिवेशनको स्थानीयदेखि केन्द्रीय तहसम्म लोकतान्त्रिक अभ्यास भइरहेको अवस्थामा काँग्रेसका सङ्गठन विभाग प्रमुख आनन्दप्रसाद ढुङ्गाना, केन्द्रीय सदस्य लीला कोइराला र सांसद् रामकृष्ण यादवको घरमा ढुङ्गामुढा गरी पु-याएको क्षतिको पनि भत्र्सना गर्दै यो वा त्यो बहानामा अराजक समूहले गरेका गैरकानूनी र अराजक गतिविधिलाई तुरुन्त रोक्न र घटनामा संलग्नलाई कानुनबमोजिम कारबाही गर्न नेता देउवाले माग गर्नुभएको छ ।