शनिबार, बैशाख १५, २०८१

छैटौं एस अन्तरकलेज महोत्सव हुने

काठमाडौ फागुन ११, विद्यार्थीमा अन्तर्निहित प्रतिभा प्रस्फुटित गराउने उद्देश्यका साथ एस उच्च माध्यमिक विद्यालयको आयोजनामा ‘छैटौं अन्तरकलेज एस महोत्सव’ आयोजना हुने भएको छ । आगामी फागुन १६ गते राजधानीको प्रज्ञा भवनमा सञ्चाल हुने प्रतियोगितामा काठमाडौं र ललितपुरका गरि २५ उच्च मावि र ए लेभलका ५०० भन्दा बढि छात्र छात्राको सहभागिता हुने एस कलेजकी सह प्राचार्य उद्घार श्रेष्ठले जानकारी दिनुभयो । पेप्सी, जुजु वेयर्श, वेनेली मोटरसाईकल, एडुकेशन डट कम, ग्यालेक्सी चकलेट र वाईवाई चाउचाउको प्रयोजन रहेको छ । श्रेष्ठका अनुसार प्रतियोगिताअन्तर्गत खेलकुद, नृत्य, गायन, वादविवाद, कथा, कविता, चित्रकारीता, फेशन शो, क्विज, ब्याण्ड प्रतियोगिता लगायतका १६ वटा विधा समावेश गरिएको छ ।

प्रत्येक विधाका विजेता हरुलाई आकर्षक नगद पुरस्कारका साथै मेडल, प्रमाण पत्र तथा आकर्षक उपहार प्रदान गरिने सेमत उहाँले जानकारी दिनुभयो । श्रेष्ठले भन्नुभयो, – यो प्रतियोगिताले उपत्यकामा रहेका कलेजहरु संग पनि सम्वन्ध प्रगाढ हुनुका साथै विद्यार्थीहरुमा समेत पूनर्ताजगी भई अध्यनमा रुचि बढ्ने हामीले विश्वास लिएका छौैं ।
यस किसिमको महोत्सवले विद्यार्थीको ब्यबहारिक शिक्षामा टेवा पुग्ने हुनाले कलेजले आगामी बर्षहरुमा समेत महोत्सवलाई जारी राख्ने जनाएको छ ।

तस्विर:  एस कलेज