बिहिबार, बैशाख १३, २०८१

वर्ष २०७२ को प्रवेशीका परीक्षाको तयारी पूरा, छ लाख विद्यार्थी सहभागी हुँदै

भक्तपुर फागुन २१, चैत्र १८ गतेबाट सुरु हुँने वर्ष २०७२ को प्रवेशीका परीक्षाको तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।त्यस्तै परीक्षामा यस वर्ष ६ लाख १५ हजार परीक्षार्थी सहभागी हुने जनाउँदै पनिकाले नियमित र एक्जाम्टेड गरी ६ लाख १२ हजार तथा  प्राविधिकतर्फका तीन हजार परीक्षार्थी परीक्षामा सहभागी हुने जानकारी दिएको छ ।

त्यस्तै एसएलसी परीक्षाका लागि देशभर एक हजार चास ४३ परीक्षा केन्द्र निर्धारण गरिएको र यसपटक देखि प्रवेशीकाको नतिजा ग्रेडिङ सिस्टममा सार्वजनिक हुने भएकाले उत्तीर्णांक उल्लेख नगरी प्रश्नपत्र छपाइ भएको कार्यालयले जनाएको छ ।