शनिबार, बैशाख १५, २०८१

विश्वविद्यालयको सञ्चालन राजनीतिक भागबण्डा नगरिने प्रम ओली प्रष्टोक्ति

काठमाडौ पौष २९ ,लोकतान्त्रिक प्राध्यापक सङ्घको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयको सञ्चालन राजनीतिक भागबण्डा नगरिने बताउँदै पदाधिकारीको नियुक्ति समेत क्षमता र दक्षताका आधारमा पारदर्शी रूपमा गरिने बताउनुभएको छ ।

anup_20160111_53त्यस्तै प्रम ओलीका प्रेस सल्लाहकार प्रमोद दाहालद्वारा जारी विज्ञप्तिमाप्राध्यापक सङ्घका अध्यक्ष डा उदय किशोर तिवारीको नेतृत्वमा गएको सो प्रतिनिधिमण्डलले विभिन्न विश्वविद्यालय तथा विश्वविद्यालय अनुदान आयोगमा क्षमता र दक्षताका आधारमा पारदर्शीरूपमा पदाधिकारी नियुक्ति गर्न तथा प्राज्ञिक तथा शैक्षिक कार्यक्रम सञ्चालन गर्न आवश्यक कानुनी व्यवस्था मिलाउन प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराउँदै आज बुझाएको ज्ञापनपत्र बुझ्दै उहाँले यस्तो अभिव्यक्ति दिनुको अलावा शिक्षण संस्थाहरू गुणस्तरीय हुनुपर्ने पक्षमा जोड दिनु भएको उल्लेख गरिएको छ ।  साथै विज्ञप्तिमा प्रम ओलीले शिक्षण संस्था र अस्पताल जस्ता संस्थामा माग पूरा गराउने नाममा तालाबन्दी र बन्द हडताल जस्ता कामहरू गर्न नहुने र त्यस्ता कामहरू सरकारलाई सह्य नहुने पनि बताउनुभएको विज्ञप्तिमा जनाइएको छ ।