शनिबार, बैशाख १५, २०८१

पूर्व राजा ज्ञानेन्द्रले किन त्यसो भने ?

  -सुनिल शर्मा /काठमाडौं
पूर्व राजा ज्ञानेन्द्र शाहले आफूले दरबार छाडे पनि नेपाली घरबार र आधारभार नछोडेकोू स्पष्ट सन्देश आज दिएका छन्। राष्ट्रिय एकता दिवस तथा पृथ्वी नारायण शाहको जन्म जन्तीको अवसरमा आईतवार जारी गरेको पूर्वराजा ज्ञानेन्द्रको उक्त सन्देशलाई राजनैतिक रूपमा निकै अर्थपूर्ण मानिएको छ। राजसंस्था पुनस्स्थापनाका लागि देश भित्र र बाहिर चलिरहेको गोप्य कुट्नीतिक प्रयास र आन्दोलनसँगै Gyanendra_2118182fराजाको उक्त वक्तव्यले नेपाली राजनीतीमा नयाँ हड्कम मच्चिएको छ। यस्अघि पूर्वराजा ज्ञानेन्द्र शाहले थैथाएलैण्डको राजधानी बैंककमा भारतीय र चिनिया कुट्नितिज्ञसँग भएको गोप्य छलफलमा आफू भुटानी राजा जस्तो भएर बस्न नचाहेको राष्ट्रवादी अडान राख्नु र आफूलाई क्रान्तिले नै स्थापित गर्नुपर्ने प्रष्ट पारेका थिए। त्यसैको निरन्तरता स्वरूप उहाँले पृथ्वी जयन्तीको अवसरमा दिएको वक्तव्यलाई अर्थपूर्ण रूपमा राजैनैतीक विश्लेषकहरुले विश्लेषण गरेका छन्।

पूर्वराजा ज्ञानेन्द्रले आफूले नेपाली घरबार र नेपालीको आधारभार परीत्याग गरेको छैन भन्ने सन्देश दिनुले राजाले आफ्नो भूमिका के-कस्तो हुनुपर्ने हो र राजसंस्थाको पुनस्स्थापना खुलस्त हुनुपर्ने नेपाली जनता समक्ष अपिल गर्नुलाई अर्थपूर्ण मानिएको छ। मुलुकका राजनैतीक दल पूर्णरूपले असफल भइ सकेको, र देश र जनताको अवस्था जर्जर हुँदै विदेशी हस्तक्षेप बढेको, राष्ट्रिय एकता अखण्डता र जातीय सद्भाव बिथोलिएको भन्ने स्पष्ट सन्देशले नेपालमा राजसंस्थाको आवश्यकता र भूमिकाको माग भएको भन्दै राजनीतिक दललाई खबरदारी मात्रा होइन चुनौति समेत दिएको विश्लेषकहरुको भनाइ छ। पूर्वराजा ज्ञानेन्द्रले आफ्नो सन्देशमा आफूले दरबार मात्र छोडेको, नेपाली घरबार र नेपाली जनताको भारआधार नछोडेको भन्ने सन्देशले नेपालमा राजसंस्था छित्तै पुनस्स्थापना हुन सक्ने संकेत वर्तमान राजनैतीक घटनाक्रमले देखाएको पनि विश्लेषकहरुको भनाइ छ।

त्यस्तै देशभित्र अहिले बिधि , व्यवस्था, भू(संरचना र शासन ( प्रशासनको कुरालाई लिएर उठेका बखेडा माथि पनी चर्को प्रहार गरेका छन्। राजाको उक्त प्रहार देशको आपसी सद्भाव खलबलिनु, जनसाधारणको जीवन व्यवहारमा आर्थिक संकट, चरम महंगी, अभाव, अनुत्पादक र बाहिर्य निरभर्ताले नेपाली जनताको साँझ-बिहान , छाक टार्न र जीवन धान्न धौधौ परी रहेको छ भनेर राजनीतिक दलहरुम्याथएे गम्भिर र चोटइलो प्रहार गरेका छन्।नेपाली जनता राजनीतिक दलहरुबाट वाक्क भइ सकेका छन् भन्ने कुरालाई पूर्व राजाले आफ्नो वक्तव्यबाट नाङो बनाइदिएका छन्। राजसंस्थाको भूमिका कुनै न कुनै रूपमा खोजेको उक्त वक्तव्यबाट देखिन्छ। राष्ट्रिय सद्भाव खलबलिएको अवस्थामा राष्ट्रिय एकता अखण्डताकालागी हिमाल-पहाड-तराइ सबैको एकताको प्रतिक राजसंस्था मात्र हुन सक्ने संकेत राजाले आफ्नो सन्देशमा गर्नुलाई मुलुकका लागि र राजसंस्थाको लागि राजा चुप बसेका छैनन् भन्ने स्पष्ट देखिन्छ। राजाको उक्त सदासयताको आह्वानले नेपाली राजनीतिक दलहरु र नेताहरुलाई गतिलो झापड मिलेको छ।

नेपालमा राजसंस्था पुनस्स्थापनाका लागी भारत र चीनले एउटा मार्ग चित्र तयार पारेर सहयोग गर्न थालेको कुरा भारतीय कुट्नैतीक उच्च श्रोतले बताएको छ। तर पूर्व राजा ज्ञानेन्द्रले आफ्नो भूमिका कस्तो हुनुपर्ने र राजसंस्थाको मोडालिटीको सम्बन्धमा भारत समक्ष स्पष्ट पारिसकेका छन्। वर्तमान संबिधान ९० प्रतिशत जनताले अस्वीकार गरी सकेको अवस्थामा २०४७को संबिधानलाई नै कृयाशील गर्दै संबैधानिक राजतन्त्र, बहुदलिय प्रजातन्त्र (टू पिलर सिस्टम)को पक्षमा पूर्व राजा ज्ञानेन्द्रले भारत सरकारलाई आफ्नो स्पष्ट अडान दोहोर्याए पछी भारत सरकारले त्यसमा केही संशोधन गरी राजनैतीक दललाई समेत सहमतिमा ल्याउने कुट्नैतीक प्रयास सुरु गरेको छ। भारत सरकारले नेपालको नयाँ संबिधानमा राजसंस्थाको भूमिका र हिन्दू राष्ट्रलाई प्रमुख एजेन्डाको रूपमा राखेर संबिधान संशोधन गर्न भनेपछी दलले भारतको उक्त आग्रहलाई अस्वीकार गरेपछी नेपाली जनताले अघोषित नाकाबन्दी खेप्दै आउनु परेको छ।

पूर्व राजा ज्ञानेन्द्रले यी सबै राजनीतिक घटनाक्रमलाई विश्लेषण गर्दै नेपालमा राजसंस्थाको भूमिका कुन रूपमा आवश्यक छ भनेर जनता समक्ष अह्वान आफ्नो सन्देश मार्फत गरेका हुन्। राजा ज्ञानेन्द्र भुटानि राजा जस्तो भएर बस्न पनि चाहादैनन् र राष्ट्रतालाई बन्दकी राख्न पनि चाहदैनन् भन्ने कुरा पूर्वराजाको सन्देशबाट संकेत देखिन्छ। पूर्व राजा ज्ञानेन्द्र दिल्लीबाट स्थापना गरेको राजा होइन, नेपाली जनताको क्रान्ति र समयको मागले स्थापना हुन चाहन्छन्। स्मरण रहोस्, फागुन ७ पछाडि नेपालको राजनीतीमा ठुलै परिवर्तन हुने र पूर्वी नेपालमा मधेशवादी सशस्त्र क्रान्ति हुने कुरालाई नकार्न सकिँदैन।