शनिबार, बैशाख १५, २०८१

काँग्रेस केन्द्रीय समिति बैठक : १३औँ महाधिवेशन प्रयोजनार्थ निर्वाचनसम्बन्धी निर्देशिका पारित

काठमाडौ पौष २६ नेपाली काँग्रेसको आज बसेको केन्द्रीय समितिको बैठकले आसन्न १३औँ महाधिवेशन प्रयोजनार्थ निर्वाचनसम्बन्धी निर्देशिका, २०७२ पारित गरेको छ । त्यस्तै बैठकले काँग्रेस नेतृत्वको सरकारका अर्थमन्त्री डा रामशरण महतलाई ‘द बैंकर’ पत्रिकाले सन्  २०१५ मा विश्वकै उत्कृष्ट अर्थमन्त्री घोषणा गरेकाले बधाई दिने निर्णय गरेको छ ।
लन्डनवाट प्रकाशित ‘द बैङकरले आफ्नो ९०औँ वर्षगाँठको अवसरमा सन् २०१५ का लागि डा महतलाई भूकम्पपश्चात्को राहत एवम् पुनःनिर्माणका निमित्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोग परिचालनमा र राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ गर्ने क्रममा निर्वाह गर्नुभएको भूमिकाका लागि एसिया प्यासिफिक र विश्वकै उत्कृष्ट अर्थमन्त्रीका रुपमा सम्मानित हुनुभएकामा तत्कालीन सरकार र अर्थमन्त्रीलाई बधाइका साथै उक्त संस्थालाई धन्यवादज्ञापन गर्ने निर्णय गरिएको हो ।

त्यस्तै बैठकमा उपसभापति रामचन्द्र पौडेलले भारत भ्रमणको क्रममा विदेशमन्त्री सुष्मा स्वराज र गृहमन्त्री राजनाथ सिंहसँग भएगरेको कुराकानीको जानकारी गराउँदै मुलुकमा जारी आपूर्ति असहजतालाई सहज बनाउन अनुरोध आफले अनुरोध गरेको जानकारी दिनु भएको थियो भने मधेस आन्दोलनका अगुवा मधेसीमोर्चाद्दारा गठित वार्ताकार्यदलसंग भएको वार्ताको सवालमा भएको उपलब्धि नेता महेश आचार्यले जानकारी दिनुुभएको बैठक पछि पार्टी प्रवक्ता दिलेन्द्रबडुले जानकारी दिनु भएको छ । साथै आजको बैठकले सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति पौडेललगायत नेताले आमरण र रिले अनशनरत नेता कार्यकर्ताका माग पूरा गरिने भएकाले अनशन तोड्न अनुरोध गरिने निर्णय भएको जनाउँदै प्रवक्ता वडुले जानकारी दिनु भएको छ ।