शुक्रबार, बैशाख १४, २०८१

पूर्वराजा ज्ञानेन्द्र शाहले भने- मैले नेपाली घरबार छोडेको छैन अनी नेपाल र नेपालीको ‘आधारको भार’ पनि परित्याग गरेको छैन

२९४ औं पृथ्वी जयन्तीको पूर्व सन्ध्यामा पूर्वराजा ज्ञानेन्द्र शाहद्दारा देशवासीका नाममा एकता र सदासयताको आह्वान

काठमाडौ पौष २६,  पूर्वराजा ज्ञानेन्द्र शाहले आज २९४ औं पृथ्वी जयन्तीको  पूर्व सन्ध्यामा  देशवासीका नाममा एकता र सदासयताको  press-27आह्वान गर्दै नेपाल र नेपालीको ‘आधारको भार’ आफूले परित्याग नगरेको बताउनु भएको छ ।  त्यस्तै उहाँले सदासयताको आह्वानमा नेपाली जनताले को–कसबाट के–कस्तो दायित्व, भूमिका र भरोसा चाहेका छन्, खुलस्त हुनुपर्ने जिकिर गर्दै ‘नेपाली भएर सोच्ने, सम्झने दिन पौष २७ भएको उल्लेख गर्नु भएको छ । त्यस्तै पौष २७ को दिन नेपालको पवित्र भूमिमा जन्मिएका हाम्रा बडामहाराजाधिराज पृथ्वीनारायण शाहबाट नै हाम्रो यो आधुनिक राष्ट्रको संरचना र संयोजन भएको  जिरिक गर्दै सदासयताको आह्वान भनिएको छ, ‘पृथ्वी जयन्तीको यस ऐतिहासिक क्षणमा सँधै नै हामीलाई मिलिरहने चेतना र प्रेरणाको कुरा राष्ट्रिय एकता र सदासयता नै हो ।

हिमाल, पहाड र तराईका हामी सबै नेपाली यही फुलबारीमा जति बढी समाहित हुन्छौं उत्तिनै हाम्रो गौरवशाली अस्तित्व तथा स्वाभिमानको नेपालीत्व उँचो रहने र यस प्रकारको युग चेतना हुँदा हुँदै पनि अहिले हामी किन कुन्नि दिग्भ्रमित छौं । सोचनीय कुरा छ, देशभित्र अहिले विधि व्यवस्था, भू–रचना र शासन प्रशासनका कुरालाई लिएर जे–जस्ता बखेडा खडा भएका छन्, यो कदापी राम्रो कुरा नभएको बताउँनु भएको छ । त्यस्तैगरि आपसी सद्भाव खल्बलिएर जनसाधारणको जीवन व्यवहारमा जस प्रकार आर्थिक संकट, चरम महगी, अभाव, अनूत्पादन र वाह्य निर्भरताबाट यतिखेर थप मार परिरहेको छ ।

नेपाली जनताले अहिले सांझ बिहान छाक टार्न र सामान्य रुपले जीवन धान्न पनि धौधौ परिरहेको छ– त्यो गम्भिर चिन्ताको विषय भएको उल्लेख गर्दै अगाडि भनिएको छ, शाहवंशीय राजाहरुले जनताको इच्छा, चाहना र भावनाको कदर गर्ने परम्परालाई निरन्तरता दिदै राष्ट्रहित र राष्ट्रवासीको सुख, सम्मृद्धि र आत्मीय सन्तुष्टिका निम्ती जनताको नासो जनतालाई सुम्पेर मैले दरबार छोडेको हुँ । तर सबैले विचार गर्नु पर्ने कुरा हो कि मैले नेपाली घरबार छोडेको छैन अनी नेपाल र नेपालीको ‘आधारको भार’ पनि परित्याग गरेको छैन