शुक्रबार, बैशाख १४, २०८१

पूर्व अनुसन्धान प्रमुख निरौलाविरुद्ध मुद्दा दायर

काठमाडौ पौष २७ , अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज राष्ट्रिय अनुसन्धान विभागका अवकाशप्राप्त प्रमुख अनुसन्धान timthumb (1)अधिकृत दीपक निरौलाविरुद्ध मुद्धा दायर गरेको छ ।
आयोगका अनुसार अवकाशप्राप्त प्रमुख अनुसन्धान अधिकृत निरौलाले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी अर्थात सन् १९९१ मा स्नातक उत्तीर्ण गरेको भनी पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली देखिएको भन्दै मुद्दा दायर गरिएको जनाएको छ।