बिहिबार, बैशाख १३, २०८१

वर्तमान सरकार उल्लूहरुको झुण्ड हो : महतो

काठमाडौं पौष २७ , सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले वार्तमान सरकारलाई उल्लुको सँज्ञा दिनु भएको छ । सोमबार राजधानीमा मधेसी पत्रकार समाजले दिल्लीमा रहनु भएका अध्यक्ष महतोसँग टेलिफोन मार्फत आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा उक्त आरोप लगाउनु भएको हो । उहाँले भन्नु भयो, अहिलेको प्रम ओली नेतृत्वको सरकार उल्लु ९लाटोकोसेरो० को झुण्ड जस्तो रहेको छ, जसले मधेसमा telephoneभइरहेको आन्दोलन देखेको छैन ।
मधेश झण्डै पाँच महिनादेखि बन्द छ तर पनि ओली सरकार अन्धो जस्तो गरेर बसिरहेका छन्, जुन देशको लागि हानिकारक रहेको चेतावनी अध्यक्ष महतोले दिनु भयो । साथै उहाँले, अहिले मधेसीहरु यही देश भित्र अधिकार खोजिरहेका छन् तर सरकारले मधेसको आवाज बन्दुकले जबर्जस्त दवाउन खोजिरहेको आरोप लगाउनु भयो । मधेसीहरु आफ्नो अधिकार माग्दा भारतीय देख्ने नजर पहिला परिवर्तन गर्नु पर्नेमा जोड दिनुभयो ।
अध्क्षय महतोले भन्नु भयो, म अहिले दिल्लीमा भारतका विभिन्न नेताहरुसँग भेट्ने क्रममा  छु, उहाँहरुले मधेसको समस्या समाधान गर्न ओली सरकारलाई सुझाव दिनु भएको हो, अध्यक्ष महतोको भनाई थियो । उहाँ अझै थप्दै भन्नुभयो, मधेस आन्दोलन दिल्लीको हो भन्नेहरु केही समयपछि दिल्ली आउँदैछ आफ्नो दरबारमा लम्पसार पर्न । प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणलाई लक्षित गर्दै अध्यक्ष महतो भने, अब भारत परास्त को हुन् भने कुरा केही समयपछि थाहा हुन्छ ।
म केही सातापछि नेपाल फर्किन्छु र मधेसको समस्या समाधान नहुनजेल नाकामा फेरी धर्ना बस्छु अध्यक्ष महतो थप्नुभयो, मधेशको माग पुरा नभएसम्म नाकाबन्दी खुल्दैन, हामी वारपारको लडाइँमा छौँ । नेपाल फर्केपछि काठमाडौंमा रहनु भएको मधेसी शीर्ष नेताहरुलाई बोलाएर फेरी नाकामा बस्छौँ । सरकारले वार्ताको नाटक मात्र गरिरहेका छन्, । अब मधेसका नागरिक सरकारसँग नगदमा कारोबार गर्छ, उद्धारो होइन ।  अध्यक्ष महतोले मधेस कसैको उपनिवेश होइन, त्यो कुरा ओली सरकारले बुझ्नु पर्छ । साथै उहाँले वर्तमान संविधान संशोधनलाई आफुहरुले स्वीकार गर्न नसक्ने पनि बताउनु भयो ।  उक्त कार्यक्रम मधेशी पत्रकार समाजको अध्यक्ष मोहन सिंहको अध्यक्षतामा सम्पन्न भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2015
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031