शुक्रबार, बैशाख १४, २०८१

के देख्यौ र म मा…

Cap गौतम डंगोल “सन्देश”

के देख्यौ र म मा तिमीले नजीकिन आयौ
माया गर्छु भनि एकै छिन बहकिन आयौ
के देख्यौ र म मा तिमीले नजीकिन आयौ

नदेखेको हैन म त मनको मीत लाउने मान्छे
धनको प्रित लाउन धन नभाको मान्छे
जानी जानी के सोच्यौ र प्रिति  गाँस्न आयौ
सहारा जीवनको भनि अडेसिन आयौ
के देख्यौ र म मा तिमीले नजीकिन आयौ

नभनेको हैन मैले म त दुखहरु संग जीउने मान्छे
सुखको खोजीमा मुटुको लीलामी बोल्न नसक्ने मान्छे
के पायौ र यो दिल संग खेलेर गयौ
क्षण भरको लागि माया को नाटक रचेर गयौ
के देख्यौ र म मा तिमीले नजीकिन आयौ