के को भरमा जीवन दियौ भगवान्
न समाउने हाँगो दियौ
न त टेक्ने कुनै ठाउँ दियौ
बेसहारा बेकामे फगत सास छोड्यौ
के को भरमा जीवन दियौ भगवान्
हिंडि जाउँ पाइला सार्न टेकि जाने लौरो छैन
फर्कि हेर्दा मन बुझाउने ठाउँ छैन
कुन जुनीको कुन पापको बदला सात्यौ भगवान्
न अंगाल्ने खसम दियौ
न त रुने साथी दियौ
घर न घाटको बेनामे परीचय दियौ
के को भरमा जीवन दियौ भगवान्
बाँचु भने दुर दराज सम्म हाँस्ने कुनै मेसो छैन
मरी जाउँ काल भेट्ने चौबाटो छैन
कुन दिनको पर्खाइमा अड्काई राख्यौ भगवान्
न सुस्ताउने चिता दियौ
न त धित मर्ने कथा दियौ
बाँच्नु र मर्नुको दोसाँधमा अल्झाई दियौ
के को भरमा जीवन दियौ भगवान्