शुक्रबार, बैशाख १४, २०८१

अनिर्णयको बन्दी

Capture– गौतम डंगोल “सन्देश

बन्दी भएछु म अणिर्नयको
न स्थीर अडिन सकें
न त त्यागेर हिंड्न सके
पराधिन भएछु म आशाहरुको

यो त एउटा खेल जस्तो भो
जित्ने सँधै जितिरहने हार्ने सँधै हारीरहने झेल जस्तो भो
कैदी भएछु म आकांक्षाहरुको
न हिजोलाई भुलेर निदाउन सकें
न त भोलीलाई सम्झेर बिउँझीन सके
खडेरी भएछु म तनाबी भाटाहरुको
बन्दी भएछु म अणिर्नयकोे

यो त बाध्यताको उपहास भो
कतै आँशु झरीरहने कतै हाँसो फुरीरहने बेमेल भाग्यरेखा भो
बन्धक भएँ म सपनाहरुको
न सपना देख्न छोड्न सकें
न त विपनालाई सपनामा बदलेर  बाँच्न सकें
आस्तिक भएछु म अन्धा भगवानहरुको
बन्दी भएछु म अणिर्नयकोे